कीवर्डहरू -

अपडेट

एआईको सहयोगमा डस्टी प्लाज्माभित्र लुकेका नयाँ भौतिक नियमहरूको आविष्कार

काठमाडौं ।भौतिकशास्त्रीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी प्रकृतिमा लुकेर रहेका नयाँ नियमहरू पत्ता लगाउने दिशामा उल्लेखनीय सफलता हासिल गरेका छन् । एमोरी युनिभर्सिटीको अनुसन्धान टोलीले विशेष रूपमा डिजाइन गरिएको न्युरल नेटवर्क र डस्टी प्लाज्माभित्रका कणहरूको सूक्ष्म थ्रीडी ट्र्याकिङलाई संयोजन गर्दै कणहरूबीच हुने जटिल अन्तरक्रियाका लुकेका ढाँचा उजागर गरेको हो ।

पदार्थको चौथो अवस्था मानिने प्लाज्मा अन्तरिक्षदेखि पृथ्वीको डढेलोसम्म पाइने एक विशेष अवस्था हो । यसमा ग्यास आयनीकृत भएर इलेक्ट्रोन र आयनहरू स्वतन्त्र रूपमा बहन्छन् । यही कारण प्लाज्माले विद्युत् चालकता जस्ता अद्वितीय गुणहरू देखाउँछ । वैज्ञानिकहरूका अनुसार देखिने ब्रह्माण्डको झण्डै ९९.९ प्रतिशत भाग प्लाज्माले बनेको छ ।

डस्टी प्लाज्मा भने आयन र इलेक्ट्रोनसँगै साना धुलोका कणहरू समेत मिसिएको अवस्था हो, जुन शनि ग्रहका घेरादेखि पृथ्वीको आयन मण्डलसम्म भेटिन सक्छ । यही जटिल अवस्थाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले प्रयोगशालामा भ्याकुम च्याम्बर, लेजर र उच्च गतिको क्यामराको सहायताले कणहरूको चाल अत्यन्त सूक्ष्म रूपमा रेकर्ड गरेका थिए ।

त्यसपछि सङ्कलित तथ्याङ्कलाई एआई मोडेलमा विश्लेषण गर्दा, यसले कणहरूबीच हुने ‘नन–रेसिप्रोकल फोर्सेस’ अर्थात् गैर-पारस्परिक बललाई ९९ प्रतिशतभन्दा बढी शुद्धताका साथ व्याख्या गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यो बलको विशेषता के हो भने एउटा कणले अर्कोलाई गरेको प्रभाव र अर्को कणले दिने प्रतिक्रिया समान हुँदैन ।

अनुसन्धान टोलीले यसलाई तालमा गुडिरहेका दुई डुङ्गाको उदाहरणसँग तुलना गरेको छ । अगाडिको डुङ्गाले बनाएको छालले पछाडिको डुङ्गालाई तान्न सक्छ, तर पछाडिको डुङ्गाले अगाडिको डुङ्गालाई फरक ढंगले प्रभाव पार्छ । डस्टी प्लाज्मामा पनि यस्तै अनौठो व्यवहार देखिएको छ, जहाँ अगाडिको कणले पछाडिको कणलाई आकर्षित गर्ने तर पछाडिकोले अगाडिको कणलाई विकर्षण गर्ने प्रवृत्ति देखिएको छ ।

पहिलेका सिद्धान्तहरूले कणको विद्युतीय चार्ज र आकारबीचको सम्बन्धलाई सरल रूपमा व्याख्या गर्ने प्रयास गरेका थिए । तर एआईको विश्लेषणले यो सम्बन्ध प्लाज्माको घनत्व र तापक्रममा निर्भर हुने जटिल प्रक्रिया रहेको देखाएको छ ।

वैज्ञानिकहरूले यो एआई विधि ‘ब्ल्याक बक्स’ जस्तो नभई मानिसले बुझ्न र व्याख्या गर्न सक्ने प्रकारको भएको बताएका छन् । यसले कणहरूको गतिलाई तीन मुख्य प्रभावमा विभाजन गरेर अध्ययन गर्छ- वेगका कारण हुने अवरोध, गुरुत्वाकर्षणजस्ता वातावरणीय बल र कणहरूबीचको आपसी बल ।

अनुसन्धानका अनुसार यो प्रविधि भौतिकशास्त्रमा मात्र सीमित छैन । बायोइन्जिनियरिङ र जीवविज्ञानमा पनि यसको ठूलो सम्भावना देखिएको छ । क्यान्सरका कोषिकाहरू कसरी फैलिन्छन्, वा चराहरूको बथान र मानिसको भीडमा सामूहिक व्यवहार कसरी विकास हुन्छ भन्ने बुझ्न यो उपयोगी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

यो उपलब्धिले एआईलाई केवल तथ्याङ्क विश्लेषण गर्ने उपकरणको रूपमा होइन, प्रकृतिका नयाँ नियमहरू पत्ता लगाउने सहयात्रीका रूपमा पनि स्थापित गरेको छ ।

अपडेट

टर्कीको नयाँ नीति : १५ वर्षमुनिका लागि ‘नो सोशल मिडिया’

काठमाडौं । टर्कीले १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि…

अब च्याट जीपीटीमै राइड बुकिङ

काठमाडौं । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड हेलिङ सेवा याङ्गो राइडले च्याट जीपीटीभित्रै यात्रा योजन…

स्टार्टअपदेखि लगानीसम्म: नेपाल-इयू टेक फोरमले जोड्दै दुई महादेश

काठमाडौं । बेल्जियमस्थित नेपाली दूतावासले यूकेमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्श कम्पन…

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाणपत्रका लागि ५०० पूर्ण छात्रवृत्ति खुल्ला

काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (IFN) ले गुगल एलएलसी र मेरो जब लिमिटेडको सहकार्यमा ‘गुगल कर…

सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा धेरै सामाजिक सञ्जाल प्लेटफर्महरू औपचारिक रूपमा दर्ता…

सरकारी आईटी प्रणाली छानबिन गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं ।  सरकारले विभिन्न सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीहरूको समग्र अवस्थाबारे अध्ययन गर्न विशेष …

लाइसेन्स छपाइ तीव्र, तर सेवाग्राही अन्योलमा: आफ्नो कार्ड तयार भयो कि भएन कसरी थाहा पाउने ?

काठमाडौं । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीचको सहकार्यपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छ…

एनविडियालाई चुनौती दिँदै गुगलले ल्यायो एआईका लागि नयाँ टीपीयू चिप्स

काठमाडौं । गुगल क्लाउड नेक्स्ट २०२६ मा गुगलले आफ्ना नवीनतम टेन्सर प्रोसेसिङ युनिट्स (टीपीयूहरू) , ट…

अब अफिसमा मान्छे होइन, एआई : के मेटाले संसार नै बदल्दैछ ?

काठमाडौं । सोशल मीडिया दिग्गज फेसबुक, इंस्टाग्राम र ह्वाट्सएपको पेरेन्ट कम्पनी ‘मेटा’, आर्टिफिशियल…

फेक रोग ‘बिक्सोनिमेनिया’ले खोल्यो एआईको कमजोरी : च्याटजीपीटी र जेमिनी पनि भए भ्रमित

काठमाडौं । धेरैजसोको एआईले कहिल्यै गल्ती गर्दैनन् भन्ने आमबुझाई रहेको छ । तर सन् २०२४ मा वैज्ञ…

युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने

काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…

टेकपाइलामा नयाँ नेतृत्व : चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टरमा नियुक्त

काठमाडौं । नेपालको सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा लामो अनुभव भएका विज्ञ चिरञ्जीवी अधिकारीलाई टेकप…

व्हाट्सएप ग्रुपमा नयाँ परिवर्तन : मेसेज हिस्ट्री सेयर गर्न सकिने

काठमाडौं । WhatsApp ले यस वर्ष फेब्रुअरी २० मा ग्रुप च्याटका लागि “मेसेज हिस्ट्री” नामक नयाँ सुव…

एप्पलले गर्‍यो नेतृत्व परिवर्तन, जोन टर्नस नयाँ सीईओ नियुक्त

काठमाडौं । एप्पल इंकले आफ्नो नेतृत्वमा परिवर्तन गर्दै जोन टर्नसलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त …

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

काठमाडौं । डेलिभरी प्लेटफर्म इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन …