कीवर्डहरू -

फेसबुकमा एक्कासि गडबडी, पोस्ट र म्यासेज सेवा प्रभावित

फेसबुकमा एक्कासि गडबडी, पोस्ट र म्यासेज सेवा प्रभावित

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार केहीबेरअघिदेखि नेपालसहित विभिन्न स्थानका प्रयोगकर्ताले समस्या भोगिरहेका छन् ।

राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रयोगकर्ताहरूले फेसबुक एकाउन्ट आफैँ लगआउट हुने, न्युज फिड लोड नहुने, तस्वीर तथा भिडियो पोस्ट गर्न नसकिने, कमेन्ट र प्रतिक्रिया दिन समस्या हुने तथा म्यासेन्जरमार्फत सन्देश पठाउन नसकिने जस्ता गुनासो गरेका छन् ।

फेसबुकको मातृ कम्पनी मेटाले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । समस्याको वास्तविक कारण पनि खुल्न बाँकी रहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फेसबुक र म्यासेन्जर सेवामा एक्कासि अवरोध देखिएको भन्दै विभिन्न माध्यमबाट जानकारी साझा गरिरहेका छन् ।

यो समस्या नेपालमा मात्र सीमित हो वा विश्वव्यापी रूपमा देखिएको हो भन्ने विषयमा समेत आधिकारिक पुष्टि हुन सकेको छैन । समस्याबारे थप विवरण आउन बाँकी रहेको छ ।