काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगोको दुरुपयोग गरी सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक प्रचारप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
कम्पनीका अनुसार फेसबुक लगायतका सामाजिक सञ्जालमा केही अनधिकृत पेज तथा लिंकमार्फत एनसेलको वार्षिकोत्सवको अवसरमा नगद पुरस्कार जित्न सकिने दाबी गर्दै झूटा सूचना प्रसारित भइरहेका छन् ।
एनसेलले यस्ता पोस्ट, स्क्रिनसट, कमेन्ट तथा सन्देशहरूमा विश्वास नगर्न र कुनै पनि अनधिकृत लिंकमा क्लिक गरी व्यक्तिगत विवरण नदिन आग्रह गरेको छ ।
कम्पनीले यस्ता भ्रामक प्रचारका कारण प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी हुने, सामाजिक सञ्जाल तथा अनलाइन खाताहरू ह्याक हुने जस्ता साइबर जोखिम बढ्न सक्ने चेतावनी दिएको छ ।
एनसेलले आफूले कुनै पनि प्रकारको नगद पुरस्कार वा यस्ता योजना सञ्चालन नगरेको स्पष्ट पार्दै आधिकारिक सूचना केवल कम्पनीको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र जारी हुने जनाएको छ ।
कम्पनीले प्रयोगकर्तालाई अनधिकृत स्रोतबाट आएका सूचनाप्रति सजग रहन र साइबर सुरक्षालाई प्राथमिकता दिन समेत आग्रह गरेको छ ।

आईसीटी समाचार