कीवर्डहरू -

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि १४ सम्म सञ्चालन भएको तालिम समापन समारोहसहित सम्पन्न भएको हो ।

तालिमले सहभागी विद्यार्थीको डिजिटल सीप विकास गर्नुका साथै रोजगारी र व्यावसायिक अवसरसँग जोड्ने लक्ष्य राखेको थियो ।

समापन समारोहमा क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ वीरगञ्जका पूर्वअध्यक्ष राकेश शाहले युवालाई व्यावहारिक सीप प्रदान गर्ने यस्ता कार्यक्रमको महत्त्व औँल्याए ।

null

उनले तालिम आयोजना गरेकोमा रोबोटिक्स एसोसिएसन अफ नेपाल र कोड प्रोजेक्टप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि वीरगञ्जमा यस्ता कार्यक्रम सञ्चालन हुने अपेक्षा व्यक्त गरे ।

शाहले तालिमलाई रोजगारीसँग जोड्ने पहलसमेत गरेका छन् । उनले कोड प्रोजेक्टका संयोजक रिषभ राजलाई आफ्नो फर्ममा डिजिटल मार्केटिङसम्बन्धी कामका लागि पाँच जना विद्यार्थी सिफारिस गर्न आग्रह गरेका छन् ।

सिफारिस भएका विद्यार्थीलाई पारिश्रमिकसहितको इन्टर्नसिप उपलब्ध गराउने उनले घोषणा गरे । त्यस्तै, आवर संसार नेपालका अध्यक्ष तथा उद्यमी मुकेश शाहले सीप विकाससँगै निरन्तर सिकाइको आवश्यकतामा जोड दिए ।

null

उनले तालिमबाट प्राप्त ज्ञान र प्रमाणपत्रका अतिरिक्त कोर्सेरा जस्ता अनलाइन सिकाइ प्लेटफर्ममार्फत पनि नयाँ सीप हासिल गर्न तथा प्रमाणपत्र प्राप्त गर्न सकिने जानकारी सहभागीलाई दिए ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल प्रचारप्रसार र सामग्री निर्माणसम्बन्धी सीपको माग बढिरहेका बेला आयोजित तालिमले सहभागीलाई व्यावसायिक क्षेत्रमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।