काठमाडौं । पठाओले राइडर तथा ड्राइभरहरूका लागि नयाँ मोडल ल्याएको छ । पठाओ नेपालले असोज ७ गतेदेखि लागु हुने गरी राइडर तथा ड्राइभरहरुका लागि सब्स्क्रिप्सन प्याकेज ल्याएको छ ।
अब पठाओ मोटरसाइकलका राइडरले ४९ रुपैयाँको सब्स्क्रिप्सन प्याकेज लिएर २४ घन्टासम्म पठाओ चलाउन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, ७ दिनको लागि २९९ रुपैयाँ, ३० दिनका लागि ९९९ रुपैयाँको प्याकेज लिन सकिने छ ।
पठाओ ट्याक्सी चलाउने ड्राइभरले १४९ रुपैयाँमा २४ घन्टाको प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, ७ दिनका लागि ६९९ रुपैयाँ र ३० दिनका लागि २ हजार २९९ रुपैयाँको सब्स्क्रिप्सन प्याकेज रहेको छ ।
सब्स्क्रिप्सन प्याकेज लिएपछि कमिशन तिर्नु पर्दैन । सब्स्क्रिप्सन प्याकेज नलिने राइडर तथा ड्राइभरहरुले भने १५ प्रतिशत कमिसन तिर्नु पर्ने हुन्छ ।
आईसीटी समाचार