कीवर्डहरू -

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको सीईओका लागि ६ जना सर्टलिस्ट

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको सीईओका लागि ६ जना सर्टलिस्ट

काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार सर्टलिस्ट भएका छन् । सीईओ पदका लागि २७ जनाको आवेदन परेकोमा छनोट समितिले ६ जनालाई सर्टलिस्ट गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।

‘२७ जनामध्ये समितिले ६ जनाको सर्टलिस्टिङ गरेको छ । अब यही समितिले तीन जनाको नाम सिफारिस गर्छ र त्यसपछि मन्त्रिपरिषद्ले एक जनालाई सीईओ नियुक्त गर्छ,’ अर्यालले भने । सर्टलिस्टमा नारायणप्रसाद घिमिरे, ध्रुव ज्ञवाली, डा. भोजराज घिमिरे, ई. निराजन पन्थी, किरण तिमिल्सिना र डा. श्रीधर मरासिनी परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा सीईओ नियुक्तिका लागि भदौ १९ गते विज्ञापन प्रकाशित गरिएको थियो ।

केन्द्रले सरकारी निकायका लागि आवश्यक सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारको काम गर्नेछ । सीईओ नियुक्त भएपछि केन्द्रको कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी समेत रहनेछ ।