काठमाडौं । ब्रदर ब्रान्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै बर्दिबासमा नि:शुल्क सेवा शिविर तथा एक्सचेन्ज अफर आयोजना हुने भएको छ । वन टेक्नोलोजी प्रा. लि.को आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल असोज १५ र १६ गते बर्दिबास १ औरही रोड, महोत्तरीमा आयोजना हुनेछ ।
दुई दिन सञ्चालन हुने शिविरमार्फत ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको अवस्था जाँच गराउनुका साथै आवश्यक प्राविधिक सेवा र परामर्श लिन सक्नेछन् । साथै, पुराना उपकरणलाई नयाँ उपकरणसँग अपग्रेड गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
सेवा शिविरमा सहभागी ब्रदरका ग्राहकले आफ्ना प्रिन्टर तथा मल्टिफङ्सन उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा सेवा प्राप्त गर्न सक्नेछन् । उपकरणमा देखिएका सामान्य समस्या पहिचान गर्नुका साथै नियमित मर्मतसम्भार, उचित प्रयोग र उपकरणको कार्य क्षमता कायम राख्ने विषयमा प्राविधिक टोलीले आवश्यक जानकारी तथा सुझाव दिनेछ ।
लामो समयदेखि प्रयोगमा रहेका वा नियमित मर्मतसम्भार आवश्यक पर्ने उपकरणका लागि सेवा शिविरबाट ग्राहकले प्रत्यक्ष रूपमा प्राविधिक सहयोग प्राप्त गर्न सक्ने आयोजकको भनाइ छ ।
नेपालमा ब्रदरका उत्पादन तथा सेवाको पहुँच विस्तार गर्दै आएको सागर ग्रुपले ग्राहकलाई उत्पादन उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा र प्राविधिक सहयोगलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
स्थानीय स्तरमा ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूको उपकरणसम्बन्धी समस्या, प्रयोग अनुभव तथा आवश्यकताबारे जानकारी लिने र सोहीअनुसार सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा यस्ता सेवा गतिविधि सञ्चालन गर्दै आएको ग्रुपले जनाएको छ ।
वन टेक्नोलोजी प्रा. लि. र सागर ग्रुपले बर्दिबास तथा आसपासका ब्रदर ग्राहकलाई आफ्नो प्रयोगमा रहेको उपकरणसहित सेवा शिविरमा सहभागी हुन आग्रह गरेका छन् । ग्राहकले २०८३ साल असोज १५ र १६ गते बर्दिबास १ औरही रोड, महोत्तरीमा उपस्थित भई नि:शुल्क प्राविधिक सेवा, परामर्श तथा एक्सचेन्ज अफरसम्बन्धी जानकारी लिन सक्नेछन् ।
आईसीटी समाचार