काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।
यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुनेछ । आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा नि:शुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रीप्सन प्राप्त गर्ने एनसेलले जनाएको छ ।
यो योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म नि:शुल्क पाउने छन् । त्यसैगरी आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना नै उपभोग गर्न पाउने छन् ।
आईसीटी समाचार