काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।
कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् । यी प्याकेजको समयावधि क्रमश: १, ३, ७, ३० र ३० दिन रहेको छ ।
त्यस्तै, सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनको समयावधि भएको प्याकेज उपलब्ध छ । उक्त प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ ।
यसैगरी, १ हजार ४९९ रुपैयाँको ३० दिनको प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकका साथै अन्य कम्बो प्याकेज प्रयोग गर्न सक्नेछन् ।
नेपाल टेलिकमले भ्वाइस र डाटा प्याकेजसँगै बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकेजलगायतका सेवा पनि उपलब्ध गराएको छ । फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
‘अटम अफर २०८३’ असोज २६ गतेदेखि लागू भएको हो । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।
त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ ।
आईसीटी समाचार