कीवर्डहरू -

इन्फोडेभलपर्सद्वारा नयाँ केवाईसी तथा ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘भेरीक्सा’ सार्वजनिक

इन्फोडेभलपर्सद्वारा नयाँ केवाईसी तथा ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘भेरीक्सा’ सार्वजनिक

काठमाडौं । इन्फोडेभलपर्स प्रालिले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा आफ्नो नयाँ केवाईसी तथा ग्राहक पहिचान एवं प्रमाणीकरण प्लेटफर्म ‘VeriXa’ सार्वजनिक गरेको छ ।

असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको एक्स्पोमा सार्वजनिक गरिएको VeriXa ले वित्तीय तथा व्यावसायिक संस्थाहरूका लागि ग्राहक आबद्धता, केवाईसी तथा अनुपालन प्रक्रियालाई एकीकृत र व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यो प्लेटफर्ममा Online Account Opening, Digital KYC, Video KYC, KYB, AML Screening, Risk Assessment तथा Workflow Management लगायतका सुविधाहरू समावेश रहेका छन् ।

यसले बैंक तथा वित्तीय संस्था, सहकारी तथा अन्य व्यवसायिक संस्थाहरूलाई ग्राहक पहिचान, प्रमाणीकरण, जोखिम मूल्यांकन तथा अनुपालन सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ । यसले ग्राहक onboarding देखि verification सम्मका प्रक्रियालाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्दछ ।

साथै विभिन्न प्रणाली तथा सेवासँगको एकीकरण मार्फत आवश्यक ग्राहकसम्बन्धी जानकारी व्यवस्थापन तथा प्रमाणीकरण प्रक्रियालाई थप सहज बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

इन्फोडेभलपर्सका अनुसार, वित्तीय तथा व्यावसायिक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा सुरक्षित, व्यवस्थित र अनुपालन -केंद्रित ग्राहक व्यवस्थापनको आवश्यकता पनि बढिरहेको छ । VeriXa यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विकास गरिएको समाधान हो ।