कीवर्डहरू -

फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाँउने उपयुक्त प्लेटफर्म 'ड्रेसन'

फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाँउने उपयुक्त प्लेटफर्म 'ड्रेसन'

पछिल्लो समय युवा पुस्ताले नयाँ नयाँ प्रविधि प्रयोग गरेर नयाँ कुरा बनाइ राखेका हुन्छन् । खासगरी कलेज पढ्ने विद्यार्थीले । यहीँ नयाँ मध्येको एक हो ड्रेसन । 

फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाउने प्लेटफर्म हो, ड्रेसन । क्याप्सियल भ्याल्ली कलेजका विद्यार्थी सुजल पौडेलले २ वर्ष अगाडी गरेको डिजाइन ड्रेसनले एउटा फोटो राखेकै आधारमा जस्ता व्यक्तिलाई पनि कपडाको साइज मिलाइदिने काम गर्छ । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरिरको आकारलाई विश्लेषण गरेर आफुलाई कुन कपडा फिट हुन्छ, त्यसको बारेमा जानकारी दिने ड्रेसनका फाउण्डर सुजल पौडेलको भनाई छ । 

सपिङ सबैले गर्छन् । तर, कोहीसँग भने सपिङ गर्ने समय थोरै हुन्छ । चाहेर पनि भनेजस्तो कपडा छान्न सक्दैनन् । तर, ड्रेसनबाट घरमै बसी बसी सजिलै एउटा फोटोकै आधारमा भने जस्तो कपडा फिट गरिदिन्छ । आफूलाई सुहाउँदो ।

null

ड्रेसन सुरुवात गर्नुको पछाडी उनका साथीको हात भएको पौडेल बताउँछन् । उनी भन्छन्र्,  यो सुरु गर्नुमा चाहिँ मेरो एउटा साथीसँग सँधै सपिङमा जानुपर्ने । तर, मसँग समय नै हुँदैन थियो । त्यसपछि बरु घरैमा बसी–बसी गर्न सकिने यो सबै समस्याको समाधान खोज्न सकिन्छ कि भनेर हामीले यो सुरुवात गरेका हौं । र अहिले निकै सहज भएको छ । ड्रेसनबाट फोटा राखेकै आधारमा जस्ता व्यक्तिलाई पनि कपडाको साइज मिलाइदिने काम गर्छ । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरीरको आकारलाई विश्लेषण गरेर आफुलाई कुन कपडा फिट हन्छ त्यो सबै देखाइदिन्छ ।’

यो सुरु गर्नुको उदेश्य भनेको नेपाली युवालाई विदेश जानबाट रोक्नु पनि भएको उनको भनाई छ र्। अहिले धेरै मानिसहरु विदेश गैरहेका छन् । तर, हामी नेपालबाट पनि विश्वलाई केही सहयोग गर्न सक्छौं । उनी भन्छन्, हामी नेपालभित्र बसेर पनि राम्रो काम गर्न सक्छौं । हामी नेपालमा नै बसेर एउटा यस्तो खाले प्लाटफर्म निर्माण गरौं  टेक्नोलोजीबाट त्यो सम्भब छ ।’

यस्ता छन् ड्रेसनका सुविधाहरु 

ड्रेसनमा मेजरमेन्ट फिचर्स छ जसले गर्दा प्रयोगकर्ताले घरै बसीबसी आफ्नो फोटोहरुबाट नै आफ्नो शरीरको गतिविधि पाउन सकिन्छ । र अर्को फर्चुअल ट्रायल भन्ने छ त्यो भनेको कस्तो भने एउटा मानिसको तस्बिर र कुनै छानेको तस्बिर जुन लुगा चाहिएको छ त्यसमा क्लिक गर्ने वित्तिकै सबै मिल्छ । त्यसैगरी ड्रेसनले जसलाई जुन चाहिएको छ त्यही लुगामा सुझाव गरिदिन्छ । 

ड्रेसन आइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट ५ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई राइजिंग स्टार इनोभेसन आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले ड्रेसनलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ ।