कीवर्डहरू -

आविष्कार केन्द्रले बनायो दात कोट्याउने सिन्का बनाउने मेसिन, एक बर्षको ग्यारेन्टी पनि पाइने

आविष्कार केन्द्रले बनायो दात कोट्याउने सिन्का बनाउने मेसिन, एक बर्षको ग्यारेन्टी पनि पाइने

राष्ट्रिय आविष्कार केन्द्रले दात कोट्याउने सिन्का बनाउने मेसिन तयार गरेको छ । 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आविष्कार केन्द्रमा दात कोट्याउने सिन्का बनाउने मेसिन बनेको र खरिद गर्न चाहनेलाई सम्पर्क गर्न आग्र गरेका छन् । 

आविष्कार केन्द्रमा बनेको मेसिनमा ८ वटा मेसिनहरुको सेट रहेको छ । यसको मुल्य हाललाई १८ लाख रुपैंया र भ्याट तोकिएको छ । 

१८ लाख प्लस भ्याट विदेशबाट आयात गर्ने मेसिनको शुल्क भन्दा सस्तो भएको पुनको भनाइ छ । ‘भारतमा बनेको यस्तै मेसिन नेपालमा ल्याउँदा सबै कर र ढुवानी लगाएर २५  लाख रुपैंया जति लाग्ने रहेछ,’ पुनले भनेका छन् । 

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मेसिन खरिद गर्दा थप एक बर्षको पुरा ग्यारेन्टी उपलब्ध हुनेछ । मेसिन किन्नका लागि 9860548826 मा सम्पर्क गर्न सकिने छ । 

सम्बन्धित समाचार