कीवर्डहरू -

नेपाली व्याकरणको शुद्धता/अशुद्धता पहिचान गर्ने र भाषा सच्याउने पहिलो सफ्टवेयर 'प्रस्ट नेपाली'

नेपाली व्याकरणको शुद्धता/अशुद्धता पहिचान गर्ने र भाषा सच्याउने पहिलो सफ्टवेयर 'प्रस्ट नेपाली'

शुद्ध नेपाली अहिले निकै महत्वपूर्ण मानिन्छ । नेपाली लेख्न भनेजस्तो सजिलो पनि छैन । जतिनै शुद्ध लेखेपनि कही न कही त बिग्रेकै हुन्छ । 

यसो एकै छिन नियमहरू पढेको भरमा नेपाली भाषा शुद्ध लेख्न सकिन्छ भन्ने हुँदैन । निरन्तर प्रयासले मात्र शुद्ध लेखन सम्भव हुन्छ । तर, प्रयास गर्दा आफूलाई कुन शुद्ध हो र कुन अशुद्ध हो भन्ने ज्ञान चाहिँ हुनुपर्छ । कहाँबाट थाहाँ पाइन्छ त यस्तो ? अब यसको समाधानका लागि बजारमा आइसकेको छ प्रस्ट नेपाली । 

प्रस्ट नेपाली यस्तो प्लेटफर्म हो जसले अशुद्ध शब्दलाई शुद्ध र व्याकरण नमिलेको शब्दलाई व्याकरण मिलाइदिने काम गर्छ । 

प्रस्ट नेपालीका फाउण्डर तथा सिइओ संगम थापाका अनुसार प्रस्ट नेपाली भनेको एउटा यस्तो प्ल्याटफर्म हो जसले नेपालीमा लेखिएको शब्दमा ह्रश्व दिर्घमा गल्ती छ कि छैन ? हिज्जेमा गल्ती छ कि छैन ? त्यो सबै जाँच गर्नका लागि प्रस्ट नेपाली सुरु भएको हो ।

उनी भन्छन्र्, हामीले प्रस्ट नेपाली ल्याएका हौं । त्यसमा कुनै पनि प्रयोगकर्ताले इन्पुर्ट दिनुभयो भने हामी त्यसलाई शब्द शब्दमा टुक्राउँछौं । त्यसपछि हरेक शब्द हाम्रो शब्दकोषमा छकि छैन भनेर चेक गर्छा । यदि छैन भने त्यसको नजिकको शब्द के हुन सक्छ भनेर ८ देखि १० वटा सम्मका नजिकका शब्दलाई सुझावको रुपमा दिने गर्दछौ भने हामी व्याकरणमा रहेको त्रृटि छ कि छैन चेक गर्ने र त्रुटि भेटिएमा त्यसलाई हटाएर नयाँ टेक्स्ट जेनेरेट गर्दछौं ।’

त्यसैगरी प्रस्ट नेपालीले गर्ने अर्को काम भनेको एआई प्रयोग गरेर २० वटा सम्म शब्दको एउटा वाक्य निर्माण समेत गर्दछ । यदि विचमा खाली ठाउँ छाडेको छ भने पनि अटो कम्प्लिट गरिदिने काम गर्दछ । नेपाली टाइप गर्न गाह्रो हुने पौडेल बताउँछन् ।

उनी भन्छन्र्,  यो सुरु गर्नुको उद्देश्य भनेको जसलाई नेपाली टाइप गर्न गाह्रो हुन्छ उनीहरुलाई सहयोग गर्नु हो । खासगरी भाषामा गाह्रो छ भने उनीहरुका लागि प्रस्ट नेपाली सुरु गरिएको हो । यो सबैका लागि उपयोगी हुन्छ । लेखेका शब्दमा केही मिस्टेक छ भने त्यो सच्याउनका लागि कुनै एउटा एप चाहिन्छ भन्ने उदेश्यले यो सुरु भएको हो । यसले व्याकरण त्रुटि सच्याउने अटाउने र मेटाउने काम गर्दछ ।’

प्रस्ट नेपालीले नेपाली भाषाको आयाममा नयाँ काचुली फेर्छ भन्ने विश्वास पनि राखेको छु । प्रष्ट नेपाली  नेपाली व्याकरणको शुद्धता पहिचान गर्ने, नेपाली व्याकरणको अशुद्धता पहिचान गर्ने, भाषा सच्याउने एवम् प्रवर्दन गर्ने पहिलो सप्टवेयर हो ।

यसले अशुद्ध शब्दलाई शुद्ध बनाउन सक्ने नेपाली भाषाको प्रवर्दन गर्ने त्यसैगरी, यसले हिज्जे गल्ती सच्याउँने, एआइको माध्यबाट व्याकरण परिक्षण गर्ने, वाक्य गल्ती भए पुनर्लेखन समेत गर्ने पौडेलको भनाई छ । 

प्रस्ट नेपालीले नेपाली भाषाको आयाममा नयाँ काचुली फेर्न विश्वास समेत उनले राखेका छन् । 

प्रस्ट नेपाली आइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट ५ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई राइजिंग स्टार इनोभेसन आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले प्रस्ट नेपालीलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ ।