कीवर्डहरू -

दृष्टि विहीनहरुको आँखाको ज्योति बन्दै 'दृश्य'

दृष्टि विहीनहरुको आँखाको ज्योति बन्दै 'दृश्य'

मानिसको सबैभन्दा अमूल्य चिज भनेको आँखा हो । यदि कसैले आँखा देख्दैन भने केही रमणीय दृश्यहरु गुमाउन सक्छ । आफ्नो आवश्यक डकुमेन्टहरु पढ्न वा हेर्न सक्दैन् । बुझ्न सक्दैन् । अरुले जे भन्यो त्यही नै सही भनिदिन्छ । तर, यो सबै समस्याको समाधानका लागि आइसकेको छ 'दृश्य' । 

दृश्य भनेको सामान्य अर्थमा स्मार्ट ग्लास हो । यसमा एआई असिष्टेन्स डिभाइस जडान गरिएको छ । स्मार्ट ग्लास हो । जसले आँखा नदेखेर दिनहुँ जीवन चलाउन गाह्रो भएका व्यक्तिका लागि आँखाको ज्योति बनिदिन्छ । केही पढ्नुपर्ने कुरालाई एक्स्प्लेन गरिदिन्छ ।

null

दृश्यका सिईओ वंशज पौडेलका अनुसार यो आँखा नदेख्नेहरुका लागि आँखाको ज्योति बन्छ । उनी भन्छन्र्, दृश्य एउटा यस्तो स्मार्ट ग्लास हो जसले आखाँ नदेख्नेहरुका लागि अगाडी के भैरहेको छ ? के–के दृश्य छन् अगाडी सबै कुरा एआईको माध्यमबाट बताउन सकिन्छ । यति मात्र होइन दृश्य प्रयोग गरेर डकुमेन्टहरुमा टेक्सट छ भने त्यो टेक्सटलाई एआईको माध्यमबाट पढ्न सकिन्छ । र अगाडी कुनै एक्टिभिटी भैरहेको छ भने त्यसलाई बुझ्न पनि सकिन्छ ।’

यो सुरु हुनुको मुख्य उदेश्य भनेको नै आँखा नदेख्नेहरुका लागि कसरी हुन्छ उनीहरुलाई आँखा देखे जस्तै महसुस गराउँनु हो । जसले गर्दा अगाडी भएको गतिविधि पनि उनीहरुले सहजै बुझ्न सक्छन् हेरेजस्तै गरेर । दृश्यले जुनसुकै भाषाबाट पनि एक्सप्लेन गरेर असिष्ट बनिदिन्छ । 

के–के छन् सुविधाहरु ? 

दृश्य प्रयोग गरेर कुनै पनि डकुमेन्ट अर्थात किताबमा टेक्स छ भने टेक्सटलाई सजिलै रेकर्जनाइज गरेर पढ्न सकिन्छ भने आफ्नो अगाडी कुनै गतिविधि भैरहेको छ भने त्यो गतिविधिहरु थाहाँ पाउन सकिन्छ, बुझ्न सकिन्छ । यसले नेपाली, अंग्रेजी भाषा मात्र नभएर अन्य भाषा पनि सपोर्ट गर्ने पौडेलको भनाई छ । 

 दृश्य आइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट ५ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई राइजिंग स्टार इनोभेसन आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले  दृश्य लाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ ।