कीवर्डहरू -

वेयर प्लान मिरर जसले ऐना मार्फत सुहाउँदो लुगा ट्राइ गर्न दिन्छ

वेयर प्लान मिरर जसले ऐना मार्फत सुहाउँदो लुगा ट्राइ गर्न दिन्छ

सपिङ । साना देखि ठूला सबै जो कोहिले सपिङ गर्छन् । कोहीले ठूला ठूला मलमा गएर सपिङ गर्छन् त । कोहीले साना साना बजारमा गएर सपिङ गर्छन् । 

सपिङ गर्दा आफूलाई मन परेको कपडा लगाइन्छ र आफ्नो साइजको भएमा किनिन्छ । तर, बजारमा गएर कपडा परिवर्तन गर्न र छान्न समय लाग्छ । जुन समय जो कोहीसँग हुँदैन । यसो गर्दा कतिपय मानिसलाई रोग सर्ने सम्भावना हुन्छ ।  यो त भयो ग्राहकको समस्या झन् व्यपारीको त कपडा नै फोहोर भैदिन्छ । तर, यी सबै समस्याको समाधानका लागि आइसकेको छ । वेयरप्लान मिरर । 

वेयरप्लान मिरर भनेको सामान्य अर्थमा ऐना हो । तर, जब स्विच अन गरिन्छ तब कपडा फेर्ने रुम बन्ने वेयर प्लान मिररका सिइओ राम कुमार लामा बताउँछन् । उनी भन्छन्र्, पसलमा गएर जो कोहीले कपडा देख्छ । तर, त्यहाँ कपडा पनि हुन्छ ऐना हुन्छ । ऐनामा क्युआर स्कान गर्यो भने मोबाइलमा कपडाको लिष्ट आउँछ र फोटो खिच्ने अप्सन पनि आउँछ । कपडाको लिष्टमा गएर आफूलाई मन परेको, सुहाउँदो कपडा त्यहाँबाट ट्राइ गर्न सकिन्छ । यसो गर्दा समय पनि बच्छ ।’उनका अनुसार छोटो समयमा नै ऐनाले सुहाउँदो कपडा फिट गरिदिन्छ । 

null

वेयर प्लान मिरर ग्राहककै अनुरोधमा सुरु भएको लामाको भनाई छ । उनी भन्छन्र्, हामीले सुरु वेयर प्लान मिरर सुरु गर्ने योजना ग्राहकको अनुरोध पनि थियो । ग्राहकका विभिन्न समस्या सुनेर नै हामीलाई यो सुरु गर्ने योजना बनाएका हौं । बाहिर सपिङ गर्न जाँदा ५ मिनेट लाग्छ भने यहाँ २ मिनेट मात्रलाग्ने भयो । यसमा प्राइभेसी हुन्छ भने । मानिसमा हुने विभिन्न प्रकारका रोगहरु सर्नबाट बचिन्छ । ’

वेयर प्लान मिरर आइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट १४ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई पब्लिक च्वाइस आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले वेयर प्लान मिररलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ ।