कीवर्डहरू -

नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा छुट, ४९९ रुपैयाँमा ५ जीबी डाटा

नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा छुट, ४९९ रुपैयाँमा ५ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना बोनस तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध हुनेछन् ।

असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच जडान गर्ने ग्राहकले ५०० रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, १००, १५० र २०० एमबिपिएसका वार्षिक प्याकेज खरिद गर्दा १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपयोग गर्न सकिनेछ । मोबाइल सेवाअन्तर्गत ४९९ रुपैयाँमा दैनिक ५ जिबी र ६९९ रुपैयाँमा दैनिक १० जिबी उच्चगतिको डाटासहितका प्याकेज उपलब्ध हुनेछन् ।

त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट र ९९ रुपैयाँमा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिनेछ । मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ । ग्राहकले नेपाल टेलिकमको मोबाइल एप वा ८१४१५८११३ डायल गरेर कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्न सक्नेछन् ।

null