कीवर्डहरू -

बेलायती नागरिक हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बेलायती नागरिक हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका-४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राई रहेका छन् ।

केडि गोरखाली नामको फेसबुक आईडीबाट आफ्नै महिला साथीलाई आफू बेलायतको लाहुरे हुँ, बेलायत लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी गरेका थिए ।

गत भदौ १६ गते ग्राण्डी अस्पतालमा कलेजोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको विश्वासमा पारी पटक पटक गरी १ लाख ६० ५ सय रुपैयाँ, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल ठगी गरेको भन्ने पीडितको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।