कीवर्डहरू -

Latest news

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बिहीबार प्रतिष्ठानको वेबसाइट ‘इन्स्पायर२०८२ डट ओआरजी’ सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायरले नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्दै आएको छ ।

प्रतिष्ठानले नीतिनिर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल तथा नीतिगत बहससमेत सञ्चालन गर्दै आएको उनले बताए । ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादोन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्‍याउने लक्ष्य प्रतिष्ठानले राखेको छ ।

वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समावेश गरिएको छ । यसअघि प्रतिष्ठानले आयोजना गरेका नीतिगत बहसका कार्यपत्र तथा जर्नलमा प्रकाशित आलेख पनि वेबसाइटमा राखिएका छन् ।

वेबसाइटमा आठ वटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश छन् । प्रतिष्ठानका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामाग्रीमाथि नीतिगत बहस गरी त्यसबाट प्राप्त नयाँ विचार समेत समावेश गरिनेछ ।

Latest news

नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङलाई थप सहज र आधुनिक बनाउने उद्देश्यसहित ‘नबिल भर्चुअल क्…

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्…

नेपाल-भारतबिच व्यापार, लगानी र प्रविधिमा सहकार्य आवश्यक : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई उत्पादनमुखी, विविधतायुक्त र दिगो ब…

स्मार्टफोनबाटै टिभीमा युट्युब अकाउन्ट कसरी लगइन गर्ने ?

काठमाडौं । प्रविधिको विकाससँगै स्मार्ट टिभीमा विभिन्न एप प्रयोग गर्ने तरिका पनि सहज हुँदै गएको छ । विशेष गरी…

डिजिटल विज्ञापनदेखि क्लिन फिडसम्म, नियमन कसिलो बनाउँदै बोर्ड

काठमाडौं । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले डिजिटल विज्ञापनको प्रभाव…

लमहीमा सेफ राइडको शाखा विस्तार, बाइकदेखि एम्बुलेन्ससम्मको सेवा सुरु

दाङ । राइड सेयरिङ सेवा प्रदायक कम्पनी सेफ राइड प्रा.लि.ले दाङको लमहीमा शाखा कार्यालय स्थापना गरी सेवा सञ्चाल…

अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि हुलाक सिम सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले अब…

गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कास्की जिल्लाको पोखरा…

नबिल बैंकको ४२ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्…

गल्तीले मोबाइल नम्बर भयो डिलिट ? नआत्तिनुहोस्, यसरी सजिलै गर्नुहोस् रिकभर

काठमाडौं । स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केह…

‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल

काठमाडौं । नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्रीको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोर (ई-वेस्ट) व्यवस्थापन…

विद्युतीय फोहोरलाई आर्थिक अवसरका रूपमा उपयोग गरौँ : प्रा.डा. सुदन झा

काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा.डा. सुदन झाले विद्युतीय …

एआई सुरक्षामा कडा विश्वव्यापी निगरानीको माग, ४०० विज्ञले जारी गरे खुला पत्र

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा प्…

एआई कम्पनीमाथि कडाइ गर्ने अस्ट्रेलियाको तयारी, स्वतन्त्र सुरक्षा परीक्षण गर्न सिफारिस

काठमाडौं । अस्ट्रेलियाको संसदीय समितिले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको सुरक्षा प्रणाली प्रभावकारी बनाउन …

खोटाङ प्रशासनको सेवा प्रवाह प्रविधिमैत्री बन्दै, कार्यालय नपुगी घरबाटै सेवा लिन सकिने

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिनै विभिन्न सेवा लिन सकिने व्यवस्था सुरु ग…