कीवर्डहरू -

Latest news

गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने

काठमाडौं । गुगलले एआई स्टुडियोमार्फत तयार पारिएका एन्ड्रोइड एप गुगल प्ले स्टोरमा प्रकाशित गर्न सहज बनाउने नयाँ व्यवस्था ल्याउने भएको छ । यसअन्तर्गत १८ वर्षभन्दा माथिका गुगल खाता भएका प्रयोगकर्ताले सशुल्क विकासकर्ता खाता नलिईकनै आफ्ना एप निजी रूपमा सूचीबद्ध गर्न सक्नेछन् ।

ब्लूमबर्गका अनुसार, यो सुविधा गुगल एआई स्टुडियोमा निर्माण गरिएका एपका लागि उपलब्ध हुनेछ । यस्ता एप गुगल प्ले स्टोरमा निजी रूपमा सूचीबद्ध हुने भएकाले स्टोरको खोज परिणाम वा सिफारिसमा देखिने छैनन् । यसले आफ्नै प्रयोजनका लागि एप बनाउन चाहने प्रयोगकर्तालाई त्यसलाई वितरण गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

हाल गुगल प्ले स्टोरमा एप प्रकाशित गर्न विकासकर्ता खाता आवश्यक पर्छ, जसका लागि एकपटक २५ अमेरिकी डलर शुल्क तिर्नुपर्छ । गुगलको नयाँ व्यवस्थाले निजी रूपमा एप प्रकाशित गर्न चाहने प्रयोगकर्ताका लागि यो आर्थिक बाधा हटाउनेछ ।

गुगल प्ले तथा यसको विकासकर्ता इकोसिस्टमसँग सम्बन्धित साम ब्राइटले यो सुविधाको व्यावहारिक उपयोगसमेत देखाएका छन् । उनले आफ्ना बालबालिका आबद्ध स्थानीय खेलकुद टोलीका लागि ट्र्याकिङ एप बनाएर जर्सीको खर्च, अम्पायरको शुल्क र खेलपछिको पिज्जाको लागत १५ परिवारबीच बाँडफाँट गर्ने उदाहरण प्रस्तुत गरेका थिए ।

यसको विपरीत, एप्पलले आफ्नो एप स्टोरमा एपको समीक्षा प्रक्रियालाई थप कडा बनाउँदै लगेको छ । एआईको सहयोगमा तीव्र रूपमा एप निर्माण गर्ने प्रवृत्ति बढेसँगै एप स्टोरमा पेस हुने एपको सङ्ख्या एक त्रैमासिक अवधिमा ८४ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । त्यसपछि एप्पलले समीक्षा प्रक्रियापछि आफ्नो व्यवहार परिवर्तन गर्ने एपहरू हटाउन थालेको जनाइएको छ ।

रिपोर्टअनुसार, एप्पलको एप समीक्षा अवधि पहिले एकदेखि दुई दिन हुने गरेकामा केही अवस्थामा एक हप्तादेखि एक महिनाभन्दा बढी समयसम्म लम्बिएको थियो । यस क्रममा रिप्लिट र भाइबकोडजस्ता प्लेटफर्मबाट तयार पारिएका एपका अद्यावधिक समेत अवरुद्ध भएका थिए ।

यद्यपि, एआईबाट एप निर्माण गर्न सहज भए पनि त्यसबाट तयार हुने सफ्टवेयरको सुरक्षाबारे प्रश्न उठिरहेका छन् । भेराकोडको परीक्षणसम्बन्धी विवरणअनुसार, गत वर्ष सुरक्षा नियन्त्रणबिना तयार पारिएका एआई-उत्पन्न कोडका नमुनामध्ये ५६ प्रतिशतले परीक्षण पास गरेका थिए । तर, क्रस-साइट स्क्रिप्टिङ र लग इन्जेक्सनजस्ता सुरक्षा कमजोरीसम्बन्धी परीक्षणमा क्रमश: १५ प्रतिशत र १२ प्रतिशत नमुना पास भएको उल्लेख छ ।

गुगलले भने एआई स्टुडियोले आफ्नै सुरक्षा जाँच सञ्चालन गर्ने जनाएको छ । एआईको सहायताले एप निर्माण गर्ने प्रविधि विस्तार भइरहेका बेला गुगलको नयाँ व्यवस्थाले सामान्य प्रयोगकर्तालाई पनि एप प्रकाशनमा पहुँच दिन सक्नेछ । तर, एपको सुरक्षा र प्रयोगकर्ताको तथ्याङ्क संरक्षण सुनिश्चित गर्नु अझै महत्त्वपूर्ण चुनौती रहनेछ ।

Latest news

सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?

काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कको कम्पनी टेस्लाले नयाँ इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ सार्वजन…

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त काली…

बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्…

के विवादमा परेको हो नेपाल टेलिकमको ४,९९९ रुपैयाँको इन्टरनेट प्याकेज ? यस्तो छ कम्पनीको जवाफ

काठमाडौं । नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेज निया…

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न …

सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने …

राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले &…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ …

दशैँ-तिहारमा डिजिटल कारोबारलाई प्रोत्साहन : वालेटमा दिनमै ५० पटकसम्म रकम जम्मा गर्न पाइने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्…

सरकारले ४२ जना सूचना प्रविधि विज्ञ तथा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म (सूचनासहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (एसडीओसी) ले…

फोनमा कभर लगाउँदा फाइदा मात्रै होइन, यस्ता समस्या पनि हुन्छन्

काठमाडौं । नयाँ मोबाइल फोन किन्नेबित्तिकै त्यसलाई सुरक्षित राख्न कभर र स्क्रिन गार्ड किन्ने चलन छ । फोन खस्दा हु…

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नि…

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । नि…

कम्पनी रजिष्ट्रारको अनलाइन प्रणालीमा समस्या, सेवाग्राहीलाई सास्ती

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण कम्पनीका विवरण अद्या…

सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले घोषित रुपमै इन्टरनेटको शुल्क बढाउँदा नेपाल टेलिकमले भने सस्ता प्य…