कीवर्डहरू -

टीभीएसको नयाँ स्किम : दुई वर्षसम्म रोड ट्याक्स फ्रि, फटाफट फाइनान्स सुविधा

टीभीएसको नयाँ स्किम : दुई वर्षसम्म रोड ट्याक्स फ्रि, फटाफट फाइनान्स सुविधा

काठमाडौं । टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा दुई वर्षसम्म रोड ट्याक्स तिर्नु नपर्ने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै यो स्किम सार्वजनिक गरेको हो ।

कम्पनीले ‘टीभीएसको साथ, दुई वर्षको लागि नो रोड ट्याक्स’ नामक अफर सार्वजनिक गरेको हो । सामान्यत: एक वर्षको रोड ट्याक्स धेरै कम्पनीहरुले नि:शुल्क गर्ने भएपनि दुई वर्षको ट्याक्स नै टीभीएसले आफै तिरिदिएर निःशुल्क गर्ने भएको हो ।

साथै जगदम्बा मोटर्सले हाल टीभीएसका कुनै पनि शोरुमबाट ४० प्रतिशतसम्म रकम डाउन पेमेन्ट गरी शून्य प्रतिशत ब्याजदरमा १८ महिनासम्म किस्ता तिर्न सकिने गरी कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सकिने सुविधा पनि उपलब्ध गराइरहेको छ ।