कीवर्डहरू -

भेस्पाको नयाँ १५० सीसी स्कुटर आज सार्वजनिक हुँदै

भेस्पाको नयाँ १५० सीसी स्कुटर आज सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले आज (असोज २६ गते) नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्न लागेको हो ।

नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाका स्कुटरको सूचीमा अर्को विकल्प थपिनेछ । इटालियन डिजाइन, आकर्षक बनावट र विशिष्ट सवारी अनुभवका लागि परिचित भेस्पाले नयाँ मोडलमार्फत नेपाली ग्राहकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

भेस्पाले आफ्नो मौलिक शैली र कालजयी डिजाइनका कारण नेपाली स्कुटर बजारमा छुट्टै पहिचान बनाउँदै आएको छ । नयाँ १५० सीसी स्कुटरले पनि यही पहिचानलाई निरन्तरता दिने कम्पनीको अपेक्षा छ ।

कम्पनीका अनुसार नयाँ स्कुटरको सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि तथा शुभचिन्तकहरूको उपस्थिति रहनेछ । स्कुटरका विशेषता, मूल्य र बजारमा उपलब्धताबारे विस्तृत जानकारी कार्यक्रममार्फत सार्वजनिक गरिनेछ ।

डेल्टा अटोकर्पले नेपालभर आफ्नो वितरण सञ्जालमार्फत भेस्पाका विभिन्न मोडल बिक्री तथा उपलब्ध गराउँदै आएको छ । नयाँ स्कुटर सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाको उपस्थिति थप विस्तार हुने अपेक्षा गरिएको छ ।