कीवर्डहरू -

बढ्यो ल्यापटप र नोटबुकको आयात

बढ्यो ल्यापटप र नोटबुकको आयात

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा २ अर्ब ३ करोड रुपैयाँ बराबरका ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ साउनदेखि असोज मसान्तसम्म २ अर्ब ३ करोड ५ लाख ३१ हजार रुपैयाँका ३० हजार ७३१ वटा ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका हुन् । 
ल्यापटप तथा नोटवुकको आयातबाट सरकारले २७ करोड ५१ लाख ४२ हजार राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको २४ हजार ७११ वटा ल्यापटप नेपाल भित्रिएका थिए । 

भन्सार विभागको तथ्यांक अनुसार कूल २५ वटा देशबाट ल्पापटप तथा नोटबुक आयात भएको देखिएको छ, जसमध्ये सबैभन्दा बढि चीनबाट १ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ बराबरको २९ हजार वटा ल्पापटप तथा नोटवुक आयात भएको छ भने मलेसियाबाट ४ करोड २१ लाख रुपैयाँ बराबरको ७८७ वटा ल्यापटप तथा नोटवुक आयात भएको विभागको तथ्यांकमा उल्लेख रहेको छ । 

त्यस्तै, युनाइटेड अरब इमिरेट्सबाट १ करोड ३४ लाख बराबरको १४५ वटा, सिंगापुरबाट १ करोड २५ लाख रुपैयाँ बराबरको २२६ वटा ल्यापटप तथा नोटबुक आयात भएको छ ।