कीवर्डहरू -

कोपाइलट कीसहित नेपालमा सार्वजनिक भयो असुसको जेनबुक १४ ल्यापटप, यस्ता छन् विशेषता

कोपाइलट कीसहित नेपालमा सार्वजनिक भयो असुसको जेनबुक १४ ल्यापटप, यस्ता छन् विशेषता

नेपाली बजारमा असुसले जेनबुक १४ ल्यापटप उपलब्ध गराएको छ । असुस नेपालले अल्ट्रापोर्टबल र प्रिमियम सुविधासहितको असुस अनल इन वान जेनबुक १४ ल्यापटप ल्याएको हो । 

थ्रीके असुस लुमिना ओएलईडी डिस्प्ले प्रयोग गरिएको यस ल्यापटपमा एआईबाट सञ्चालित एएमडीको राइजेन सेभेन ८८४० एचएस प्रोसेसर प्रयोग गरिएको छ । 

यस्तै यसमा एएमडीको रेडियन ग्राफिक्स रहेको छ भने ग्राहकको अनुभवलाई राम्रो बनाउ फेस लगइन, लाइनर स्पिकर, एर्गोसेन्स किबोर्ड जस्ता सुविधा समेत दिइएको छ । 

यस बाहेक यसमा युएसबी ४, युएसबी ३.२ टाइपी सी, युएसबी ३.२ टाइप ए, एचडीएमआई र अडियो ज्याक पोर्ट रहेको छ । यसले गर्दा प्रयोगकर्ताले डंगोल वा एडप्टर लिनुनपर्ने कम्पनीले जनाएको छ । 

१२० हर्ज डिस्प्ले भएको जेनबुक १४ मा मटेल डिजाइन सुविधा छ । यसमा ७५ वाटको ब्याट्री प्रयोग गरिएको छ । ल्यापटपको तौल १.२ केजी रहेको छ । 

जेनबुक १४ मा ५१२ जीबी स्टोरेज, १६ जीबी र्‍याम र वाईफाई सिक्सई समेत रहेको छ । यसमा डेडिकेटेड कोपाइलट की रहेको छ, जसको मद्द्तले विनाकुनै झण्झट एउटै की प्रेस गरेर विन्डोज ११ को एआई सुविधाहरूको उपयोग गर्न सकिने छ । 

यो ल्यापटपमा भिडियो कन्फेरेन्सिङ अनुभवलाई राम्रो बनाउन एफएचडी आईआर क्यामेरा रहेको छ । यसमा एआई न्वाइज क्यान्सिलेसन, अडियो बुस्टर लगायतको सुविधा छ । 

वातावरणलाई कम असर गर्ने गरी असुस जेनबुक १४ ल्यापटप तयार गरिएको कम्पनीले जानकारी दिएको छ । पोष्ट कन्जुमर रिसाइकल्ड सामग्री प्रयोग गरेर कार्बन फुट प्रिन्टलाई ५० प्रतिशत कम गरिएको छ । 

यसको प्याकेजिङ पनि शतप्रतिशत रिसाइकल रहेको छ । असुस जेनबुक १४ ल्यापटप मार्च ३१ देखि असुसका आधिकारिक डिलरमा उपलब्ध भएको छ ।