कीवर्डहरू -

ल्यापटप स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ?

ल्यापटप स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ?

प्रविधिको विकाससँगै कार्यालयको धेरै काम आजभोलि ल्यापटबाटै हुन्छ । धेरैको हातमा मोबाइल भएपनि सजिलोका लागि ल्यापटको प्रयोग अझै पनि बढ्दो छ ।

समय समयमा ल्यापटपको प्रयोग गर्नुपर्ने हुँदा धेरै प्रयोगकर्ताहरूले ल्यापटपलाई स्लीप मोडमा राख्छन्  र आवश्यक परेको बेला खोल्छन् । बेला बेला ल्यापटप खोल्नु पर्ने झन्झटबाट मुक्त धेरैले यो विधि अपनाउँछन् ।

स्लीप मोड पनि प्रयोगकर्ताका लागि उपयोगी मोड हो तर ल्यापटप शटडाउन गर्नु धेरै कुराले उपयोगी मानिन्छ । कस्तो अवस्थामा ल्याटपलाई स्लीप मोडमा राख्ने वा शटडाउन गर्ने ? आज हामी जानकारी दिदैछौं ।

ल्यापटप किन शर्टडाउन गर्नु पर्छ ?

ब्याट्री

यदि तपाईंले ल्यापटपलाई स्लीप मोडमा राख्नुभयो भने, यो मोडमा ल्यापटप ब्याट्री सक्रिय रहन्छ भनेर बुझ्न आवश्यक छ । यदि तपाई प्रत्येक पटक यो मोडमा ल्यापटप सक्रिय राख्नुहुन्छ भने ल्यापटपको ब्याट्री ड्रेनको समस्या हुन सक्छ ।

३०० चार्ज चक्र पूरा भएपछि ल्यापटपको ब्याट्री लाइफ छोटो हुन थाल्छ । यस्तो अवस्थामा शटडाउन मोडमा राखे मात्र ब्याट्री ड्रेनबाट बचाउन सकिन्छ । ल्यापटपको लामो जीवनको लागि शटडाउन मोडमा राख्न आवश्यक छ ।

गोपनीयता

ल्यापटपलाई स्लीप मोडमा राखेमा तपाईंको समय बचत हुन सक्छ । तर यसले तपाईंको गोपनीयतालाई जोखिममा पार्न सक्छ । सबै डाटा स्लीप मोडमा सेभ गर्न सकिँदैन् ।

साइबर आक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै ल्यापटप बन्द गर्नु बुद्धिमानी हो । बन्द गरिएको ल्यापटपबाट जानकारी चोरी गर्न ह्याकरहरूको लागि गाह्रो काम हो ।

उपकरणको परफरमेन्स

ल्यापटपलाई स्लीपको सट्टा शटडाउन मोडमा राख्दा परफरमेन्स पनि राम्रो हुने गर्दछ । ल्यापटपलाई स्लीप मोडमा राखेपछि कार्यसम्पादन सुस्त हुन्छ ।

यसो हुनुको कारण ल्यापटपमा रहेका केही फाइलहरू हुन सक्छन्, जसले अतिरिक्त प्रशोधन शक्ति लिन्छन् । साथै, ल्यापटपमा चल्ने प्रोग्रामहरूले पनि मेमोरी प्रयोग गर्न सक्छ । ल्यापटप बन्द हुँदा पृष्ठभूमिमा चलिरहेका सबै प्रोग्रामहरू बन्द हुन्छन्, जसको मद्दतले उपकरणको कार्यसम्पादनमा कुनै नकारात्मक असर पर्दैन् ।

पावर सर्ज

विद्युत् वृद्धि हुनुको अर्थ पावर सर्जलाई कसैले नियन्त्रण गर्न सक्दैन् । पावर सर्जसंग ल्यापटप बिग्रने जोखिम हुन्छ । प्रयोगकर्ताको महत्त्वपूर्ण डाटा पनि हराउन सक्छ ।

यदि ल्यापटप स्लीप मोडमा राख्ने बानी छ भने पावर सर्जका कारण बिग्रन सक्छ । यस्तो अवस्थामा, शटडाउन मोडमा राखेर ठूलो खर्चबाट बच्न सकिन्छ ।

प्रडक्टिभिटी

ल्यापटपलाई स्लीप मोडमा राख्दा सबै ट्याबहरू सक्रिय रहन्छन्, जसले गर्दा प्रयोगकर्ताको उत्पादकत्वमा असर पर्छ । अर्कोतर्फ शटडाउन मोडमा ल्यापटप बन्द हुँदा सबै ट्याबहरू, विन्डोजहरू, फाइलहरूले नयाँ स्टार्ट पाउँछन् र सबै पुराना डाटा खाली भएपछि उत्पादकत्व बढ्छ । ल्यापटपले राम्रोसँग कमा गर्छ ।