कीवर्डहरू -

सी-थ्रु ल्यापटप सार्वजनिक, स्क्रिनदेखि किबोर्डसम्म सबै पारदर्शी

सी-थ्रु ल्यापटप सार्वजनिक, स्क्रिनदेखि किबोर्डसम्म सबै पारदर्शी

मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा, लेनोभोले आफ्नो पछिल्लो आविष्कार पारदर्शी स्क्रिन र लगभग पारदर्शी किबोर्ड भएको ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले टिंकबुक पारदर्शी डिस्प्ले ल्यापटप ल्याएको छ, जसमा १७.३ इन्चको स्क्रिन छ ।

यस ल्यापटपको पछाडि भएको वस्तु पनि देख्न सकिने छ। यो डिभाइसमा आकर्षक १७.३ इन्चको माइक्रोलेड डिस्प्ले छ, जसमा बेजेल कम डिजाइन छ । जब प्यानल सक्रिय हुन्छ, यसले ५५ प्रतिशत पारदर्शिता प्रदान गर्नेछ ।

यो पारदर्शी ल्यापटप कलाकारहरूका लागि विशेष उपयोगी हुन सक्ने लेनोभोले बताएको छ । कलाकारहरूले यस ल्यापटपमा डिजिटल आर्ट सिर्जना गर्न सक्छन् । यद्यपि, यस किबोर्डमा स्टाइलस पेनको साथ चित्र कोर्न एकदमै रमाइलो छ  ।

लेनोभोको यो पारदर्शी ल्यापटप हेर्नलाई निकै आकर्षक भए पनि अहिले यसलाई दैनिक प्रयोगका लागि उपयुक्त नहुने जनाइएको छ । भविष्यमा यस्ता टेक्नोलोजी थप विकास हुन सक्ने छन् भने, त्यस्ता ल्यापटपहरू प्रयोग गर्न थप व्यावहारिक हुन सक्ने छ ।

लेनोभोले यो सामान्य ल्यापटप जस्तै काम गर्ने र सबै सुविधाहरू रहेको बताएको छ । तर, वर्तमान प्रविधिले यसलाई दैनिक प्रयोगको लागि पूर्ण रूपमा उपयुक्त बनाउँदैन् ।

विभिन्न ठाउँमा पारदर्शी स्क्रिन प्रयोग गर्दा पढाइमा समस्या हुन्छ कि हुँदैन, स्क्रिनको ब्राइटनेस बढी हुन्छ कि हुँदैन र यसले कसैको गोपनीयता हनन गर्न सक्छ कि गर्दैन भन्ने जस्ता धेरै प्रश्नहरू उठ्छन् ।

तर अहिलेका लागि रङहरू राम्रो देखिँदैनन् र चीजहरू स्पष्ट देखिन स्क्रिन अलि कम पारदर्शी हुनु आवश्यक रहेको छ । किबोर्ड पनि पारदर्शी र वास्तविक बटनहरू नभएका कारण स्क्रिनबाट प्रकाश यसमा पर्छ र टच किबोर्ड राम्रोसँग नदेखिने गरेको छ ।