कीवर्डहरू -

एप्पलको नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक

एप्पलको नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक

एप्पलले नयाँ म्याकबुक प्रो, आईम्याक र एमथ्री चिप सार्वजनिक गरेको छ । मंगलबार एप्पलले अक्टोबर कार्यक्रममार्फत नयाँ म्याकबुक, आईम्याक र एमथ्री चीप सार्वजनिक गरेको हो । 

नयाँ म्याकबुक प्रो एम थ्री चिप प्रयोग गरिएको छ । म्याकबुक प्रो १४ र १६ इन्च मोडलमा ल्याइएको छ । नयाँ म्याकबुक प्रो १२८ जीबीसम्म मेमोरी र २२ घण्टाको ब्याट्री लाइफ साथ प्रस्तुत गरिएको छ । सिल्भर र स्पेस ग्रे रंगहरूमा म्याकबुक प्रो उपलब्ध हुनेछ । ग्राहकहरूले स्पेस ब्ल्याक कलरमा म्याकबुक प्रोको हाई–एन्ड मोडल किन्न सक्नेछन् ।

एप्पल इभेन्टमा एमथ्री प्रोसेसरसहितको २४ इन्चको आइम्याक ल्याइएको छ । यसले अघिल्लो भन्दा दोब्बर छिटो कार्यसम्पादनका गर्ने दावी छ । यसअघि आइम्याक एमवान प्रोसेसरसंग ल्याइएको थियो ।

एमथ्री प्रोसेसरसहितको २४ इन्चको आइम्याक १०८० पिक्सेल वेबक्याम, २४ जीबीसम्मको मेमोरी, ४.५ के रेटिना डिस्प्ले र २ अर्बभन्दा बढी रंगहरू जस्ता सुविधाहरू प्रयोगकर्ताका लागि ल्याएको कम्पनीको दाबी छ ।

यस बाहेक एप्पलले मथ्री चिप्सका ३ वटा भरियन्ट एमथ्री, एमथ्री प्रो र एमथ्री प्रो म्याक्स ल्याएको छ । सबै तीन चिपसेट तीन न्यानो मिटरमा प्रविधिमा आधारित छन् ।

ग्राहकले आजदेखि नै नयाँ म्याकबुक प्रो अर्डर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यद्यपि, नयाँ उत्पादनहरू नोभेम्बर ७ बाट प्रयोगकर्ताहरूलाई उपलब्ध हुनेछन् ।