कीवर्डहरू -

प्रोफाइल

२३ वर्ष अघिनै अवतारसहितको च्याटबट बनाउने नेपाली वैज्ञानिक

पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । हरेक सेवा तथा प्रडक्टमा एआई इन्टिग्रेट हुन थालेको छ । तर आजभन्दा १० वर्ष अगाडि एआईको लोकप्रियता यति धेरै होला भनेर सायदै कसैले अनुमान गरेको थियो होला ! 

३ दशक अघि बेलायतबाट एआईमै विद्यावारिधि (पीएचडी) गरेका प्रा.डा. सुरेश मानन्धरलाई पनि यति छिट्टै एआई लोकप्रिय होला भन्ने लागेकै थिएन् । ‘एआई यति छिट्टै आउला भन्ने लागेको थिएन । अझै ५-१० वर्ष लाग्ला जस्तो लागेको थियो । तर च्याटजीपीटी आएपछि मात्रै एआईले चर्चा पाउन थालेको हो,’ मानन्धर भन्छन्, ‘१५ वर्ष अगाडि त एआई पढेको मानिसले जब पाउन पनि गार्‍हो हुन्थ्यो ।’

४ दशक अगाडि सुरेशले एआई पढ्छु भन्दा ‘के पढेको त्यस्तो भनेर’ भन्नेहरू धेरै थिए । तर अहिले ती व्यक्तिहरूले कुनै न कुनै रूपमा एआईको प्रयोग गरिरहेकै छन् । 

एआई वैज्ञानिक 

काठमाडौंमा जन्मिएका सुरेश मानन्धरलाई विद्यालयको पढाइमा खासै ध्यान थिएन । तर एक्सपेरिमेन्टमा र सेल्फ लर्निङमा भने उनको बढी रूची थियो । त्यसैकारण विद्यालयको किताबले भन्दा लाइब्रेरीको किताब र ‘एक्सपेरिमेन्ट’ गर्ने सामानहरूले कोठा भरिभराउ हुन्थ्यो । 

null

बच्चाबेला आफु बस्ने घरको कोठा ल्याब जस्तै भएको सुरेश बताउँछन् । ‘खिचापोखरीमा अमेरिकन लाइब्रेरी थियो । लाइब्रेरीमा पढ्न जाँदा इलेक्ट्रोनिक्सप्रति रूची बढ्यो,’ उनले बच्चाबेलाको रोचक कहानी सुनाउँदै भने, ‘कोठामै मोडेल एरोप्लेन, मोटर, तारहरू ल्याएर बनाउने, बिगार्ने काम गर्थे । ट्रायल एण्ड एरर गर्न एकदम मन पर्थ्यो । त्यो बेला मेरो कोठा ल्याब जस्तै थियो ।’ 

त्यतिबेला मानन्धरको रूची एरोप्लेनमा बढी थियो । उनले मोडेल एरोप्लेनहरू धेरै बनाए, जुन बेला मोडेल एरोप्लेन बनाउने किटहरू धेरै पाउँदैन्थ्यो । सबैले आफैले बनाउनु पर्थ्यो । 

पढाइमा भन्दा प्रविधिमा रूची भएका सुरेशका आमाबुबालाई छोरो ‘एसएलसी’ पास हुन्छ भन्ने लागेकै थिएन । तर उनी सेकेण्ड डिभिजनको साथ एसएलसी उत्तीर्ण भए । त्यसपछि उच्च माध्यमिक शिक्षा र इन्जिनियरिङ पढ्न भारत गए ।

इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक पनि भारतबाटै पूरा गरे । भारतमा स्नातक अन्तिम वर्षमा अध्ययन गर्दै गर्दा उनको रूची विशेष गरी पावर ट्रान्समिसन, डिजिटल कन्ट्रोल सिस्टम र प्रोग्रामिङ गरी ३ वटा विषयमा थियो । ३ वटा मध्ये प्रोग्रामिङ (प्रोग्रामिङ प्लस हार्डवेयर) मा उनले आफ्नो थेसिस सम्पन्न गरे । 

उनले कोडिङ गर्दा अहिलेको जस्तो कम्प्युटर थिएन एसेम्बली कोडिङ गर्नुपर्ने अवस्था थियो । सन् १९९२ को अन्तिम तिर स्नातक अध्ययन पूरा गरेर सुरेश नेपाल फर्किए । नेपाल आउनै बित्तिकै आफ्नो बुबालाई कम्प्युटरमा काम गर्न चाहेको र नेपालमा कहाँ छ खोजिदिनुस् भने । 

त्यतिबेला राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा कम्प्युटर थियो । उनका बुबाले केन्द्रका निर्देशकसँग कुरा गरे । तत्कालीन समयमा सुरेशका बुबा त्रिचन्द्र कलेजको लाइब्रेरीयन एडमिनिष्ट्रेटर थिए । 
           
null

आफ्नो बुबाले केन्द्रमा कुरा गरेपछि केन्द्रका निर्देशकले शनिबासर नै अन्तर्वाताका लागि घरमा बोलाए । त्यसपछि उनले भोलिपल्टदेखि सिस्टम इन्जिनियरको भूमिकामा केन्द्रमा काम गर्न थाले । 

काम गर्दै जाँदा केन्द्रमा मात्रै अल्झेर हुँदैन् भन्ने सुरेशलाई लाग्यो । त्यसपछि फेरि अमेरिकन, ब्रिटिश लाइब्रेरी धाउन थाले । लाइब्रेरीमा पढ्दा नै हो उनले एआई बारे थाहा पाएको । त्यहाबाट बल्ल एआईमा सुरेशको रूची पैदा भयो । इलेक्ट्रिकल र इलेक्ट्रोनिक्समा थप अध्ययन नगर्ने निधो उनले यसअघि नै गरिसकेका थिए । 

एआईमा रूची बढ्न थालेपछि छात्रवृत्तिमा बेलायतबाट मास्टर्स इन एआई अध्ययन गरे । सन् १९८७ मा एसेक्स विश्वविद्यालयबाट मास्टर्स इन एआई अध्ययन गरेर नेपाल फर्किए ।

नेपालमा साथीहरूसँग मिलेर प्रोफेसनल कम्प्युटर सिस्टम (पीसीएस) सुरू गरे । केही महिना काम गरेपछि पीसीएस पनि छोडे । पीसीएमा हुँदा उनले नेपाली किबोर्ड सिस्टम बनाएका थिए, जुन अहिलेको युनिकोड जस्तो मिल्दोजुल्दो नै थियो । यो युनिकोड आउनुभन्दा १५-२० वर्ष अगाडिको कुरा हो ।  

मानन्धरमा अध्ययन तिर्खा मेटिएको थिएन । त्यसैकारण सन् १९८८ मा पीएचडी अध्ययन गर्न उनी पुनः बेलायत गए । सन् १९८८ मा सुरू भएको उनको पीएचडी अध्ययन १९९३ मा सम्पन्न भयो । पीएचडी सकिनुभन्दा १ वर्ष अगाडि नै आफुले अध्ययन गरिरहेको युनिभर्सिटी अफ एडिनबर्गमै रिसर्च फेलोको जब पाए । पीएचडीमा उनले कम्प्युटरलाई नेचुरल ल्याङ्वेज बुझाउने सिस्टममा काम गरे । 

सन् १९९४ मा सुरेशले भाषा जस्तो जटिल विषय कोडिङ गरेर कम्प्युटरलाई पूर्ण रूपमा बुझाउन सकिदैन भन्ने महशुस गरे । भाषालाई कुनै नियमबाट बुझाउन असम्भव जस्तै हुने उनको धारणा छ ।  

त्यसपछि युनिभर्सिटी अफ योर्कमा फ्याकल्टीको रूपमा एआई रिसर्च ग्रुपमा आवद्ध भए । युनिभर्सिटी अफ योर्कमा २३ वर्षसम्म काम गरे र एआई रिसर्च ग्रुपको प्रमुखसम्म भए । २३ वर्ष कामगर्दै २२ बढी विद्यार्थीलाई पीएचडी सुपरभाइज पनि गरे । अहिले सुपरभाइज गरेका पीएचडीका विद्यार्थी विश्वका ठूला एआई कम्पनीहरूमा काम गरिरहेका छन् । 

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ ग्रहण गर्दै

सन् २०१९ मा सुरेश पुनः नेपाल फर्किए । नेपाल आएर केही गरौं भन्ने इच्छा पहिलेदेखि नै भएपनि सन् २०१९ मा त्यो समय जुरेको उनी बताउँछन् । अहिले उनी वाइज्याकमा सहसंस्थापकको रूपमा छन्, जसले हेल्थसेवालाई एआईसँग जोड्ने सफ्टवेयर विकास र एआई च्याटबट तथा कल सेन्टर सोलुसनमा काम गरिरहेको छ । 

खासमा वाईज्याकमा पहिले देखिनै एडभाइजरको रूपमा उनले काम गरिरहेका थिए । पछि मानन्धरलाई नै चलाउने प्रस्ताव आयो । त्यसपछि उनले वाईज्याक आफ्नो नेतृत्वमा सञ्चालन गरिरहेका छन् । नेपालसहित अमेरिकामा समेत यसको कार्यालय छ । 

न्युमेरिक माइन्ड कम्पनीको उनी संस्थापक हुन् । सन् २०२० मा स्थापना भएको न्युमेरिक माइन्डले क्लिनिक ट्रायल्सको डेटालाई विश्लेषण गर्ने काम गर्दै आएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अनरी एआई चेयर प्रोफेसरको रूपमा पनि काम गरिरहेका छन् ।

फ्युज मेसिनमा हेड अफ एआई रिसर्चको रूपमा काम गरिरहेका छन् । विदेशमा बसेर सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याए वापत गत वर्ष लिभिङ विथ आइसिटीले नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ बाट समेत उनलाई सम्मानित गरेको थियो । 

अवतारसहितको च्याटबटको विकास

सन् २००० तिर विश्वभर भर्खर भर्खर इन्टरनेट आउन थालेको थियो । त्यो बेला मानन्धरले विश्वविद्यालमै प्राध्यापनको काम गरिरहेका थिए । त्यो बेला सन् २००० मा साथीहरूसँग मिलेर ‘लेक्जिकल’ भन्ने स्टार्टअप सुरू गरे ।

त्यो लेक्जिकलले ग्राहक सेवाका लागि भर्चुअल मानव (अवतार) सहित भर्चुअल असिस्टेन्ट बनाएको थियो, जुन अवतारसहित विकास भएको सम्भवत संसारको पहिलो भर्चुअल असिस्टेन्ट (च्याटबट) भएको उनको भनाको छ । 

null

उक्त सफ्टवेयर बेलायतको ठूलो बैंक फर्स्ट डिरेक्ट बैंक (एचएसबीसी युके बैंकको डिभिजन) मा प्रयोग भएको थियो ।

असिस्टेन्टले कुनै प्रश्न सोधेपछि उसले भ्वाइसमा जवाफ दिन्थ्यो । १ वर्ष लगाएर विकास भएको उक्त सफ्टवेयरका लागि लेक्जिकलले लगानीकर्ताबाट हाफ मिलियन डलर समेत लगानी उठाएको थियो ।

null
लेक्जिकल त्यो बेला बीबीसी क्लिक कार्यक्रममा समेत फिचर भएको थियो । तर सन् २००३ मा कम्पनी बन्द भयो । त्यतिबेला ‘अर्लि टु मार्केट’ भएका कारण लेक्जिकल स्टार्टअप असफल भएको मानन्धर बताउँछन् ।

‘त्यो बेला मानिसहरूलाई वेब ब्राउजर र इन्टरनेट भन्ने कुरा भर्खर भर्खर थाहा हुन लागेको थियो । च्याटबट भन्ने चीज अजिब भयो,’ उनले भने, ‘१० वर्ष जति हामी अर्लि भयौं ।’

प्रोफाइल

कम्प्युटरलाई नेपाली भाषा सिकाउने सुनैना घिमिरे पाण्डे

कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छ…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै

विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापन…

आईटी सेवा निर्यात गरेर क्लाउड फ्याक्ट्रीले १ वर्षमै भित्र्यायो १ अर्ब बराबरको विदेशी मुद्रा

स्प्राउट टेक्नोलोजी सर्भिस (क्लाउड फ्याक्ट्री) ले आईटी सेवा निर्यात गरेर एक वर्षमै १ अर्ब बढी रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भ…

जो असफलताबाट डराएनन, सफल भएरै छाडे

असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ । 

अमेरिकी कम्पनीको आकर्षक अफर लत्याएर आईटी उद्यमी बनेकी अलिसा

आजभन्दा करिब १६ वर्ष अगाडि सूचना प्रविधि (आईटी) मा नेपाल भर्खर भर्खर बामे सर्दै थियो । धेरैलाई सूचना प्रविधिको बारेमा थाहै थिए…

कुराकानीको परम्परागत तरिकालाई परिवर्तन गर्ने ‘फेसबुक’ स्थापना भएको २० वर्ष पूरा

विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक स्थापना भएको २० वर्ष पूरा भएको छ । सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको फेसबुक विश्वको धे…

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सुरू भएको डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज…

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…

यी हुन् विश्वका ठूला आईटी कम्पनी हाँक्ने सीईओ, कति लिन्छन् तलब ?

अहिलेको युग सूचना प्रविधिको युग हो । यो युगमा हरेक कामलाई प्रविधिमैत्री बनाउन विभिन्न प्रविधि कम्पनीहरूले महत्वपूर्ण भूमिका खले…

इन्टर्न गर्न चाहने विद्यार्थीका लागि उपयोगी प्लेटफर्म इन्टर्नसाथी

पछिल्लो समय आइटी बढ्ने विद्यार्थी बढ्दो छन् । आइटी पढ्ने विद्यार्थीहरु विभिन्न माध्यबाट सिप सिक्छन् र इन्ट्रन गर्नको लागि बजारमा निस्कन्छ…

प्रोफेसनल ई–कमर्स वेबसाइट बनाउन सघाउने निःशुल्क प्लेटफर्म : ब्लांसर

पछिल्लो समय ई–कमर्स वेबसाइटको प्रयोग निकै बढ्दो छ । ई–कमर्स वेबसाइट मार्फत मानिसले विभिन्न कुराको व्यापार निश्चित मू…