कीवर्डहरू -

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ धाइराख्नुपर्ने भएकाले पनि व्यवसाय दर्ता गर्न निकै गाह्रो मानिन्छ ।

अझ यसबारे केही जानकारी नभएकालाई त झनै समस्या हुन्छ । तर अब चिन्ता छैन् किनकी यी सबै समस्याको समाधान दिने र कम्पनी दर्तामा सघाउने स्टार्टअप जस्टचेक आइसकेको छ । लिगलटेक स्टार्टअप, जस्टचेक करिब २ वर्ष अगाडि सुरू भएको हो । 

व्यवसाय दर्तादेखि सञ्चालनसम्म आवश्यक पर्ने सम्पूर्ण कानुनी सेवा प्रदान गर्ने उद्देश्यले सुरू गरेको जस्टचेकका सहसंस्थापक विनोद गौतमले बताए । ‘व्यवसाय दर्ता गर्न विभिन्न सरकारी निकायमा गएर घन्टौं लाइन लागेर बस्नुपर्ने समस्याको अन्त्य जस्ट चेकले गर्नेछ,’ गौतमले आईसीटी समाचारसँग भने, ‘बिना झन्झट सजिलै अनलाईनबाटै व्यवसाय दर्ता लगायत आवश्यक पर्ने सबै सेवा उपलब्ध गराउन जस्ट चेक सुरू गरेका हौं ।’

जस्ट चेक एउटा यस्तो प्लाटफर्म हो, जसले कम्पनी दर्ता मात्र होइन अडिट गर्ने कामदेखि कम्पनी दर्ता गर्दा चाहिने सम्पूर्ण कामहरु गर्दै आएको छ । यसका साथै जस्ट चेकले अकाउन्टिङ, नवीकरण, पोष्ट रजिष्ट्रेसन जस्ता सम्पूर्ण कामहरु गर्दै आएको छ । 

भनिन्छ केही गर्नका लागि आफूले पनि समस्या भोग्नैपर्छ । हो यस्तै भएको हो, जस्ट चेक सुरु गर्ने टिमलाई पनि । उनीहरुले कम्पनी दर्ता गर्न जाँदा निकै दुःख भोगेका थिए । यही समस्यालाई मध्यनजर गर्दै यस्ता समस्या झेल्दै आएका मानिसलाई सहज बनाउँन जस्टचेक स्टार्टअप सुरु भएको हो ।

यसभन्दा अगाडि उनीहरू अर्कै कम्पनी दर्ता गर्न गएका थिए । तर कम्पनी दर्ता गर्न जाँदा भोगेको समस्याबाट जस्ट चेक ल्याउने योजना बनाएको उनले बताए । जस्टचेकको टिममा ५ जना रहेका छन् । 

जस्टचेकबाट के के सुविधा पाइन्छन् ? 

जस्ट चेकबाट कम्पनी दर्ता गर्ने, कम्पनीको नाम परिवर्तन गर्ने, कम्पनीको विधान बनाउने, अडिट गर्ने, कम्पनीको कर तिर्ने जस्ता सेवा पाउन सकिन्छ । जस्टचेकबाट व्यवसाय दर्ताका लागि २५ हजार रूपैयाँको एउटा प्याकेज रहेको छ । यसमा कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ता, प्यान, भ्याट दर्ता र वडामा दर्ताको सुविधा रहेको छ । 

यस बाहेक जस्टचेक प्रयोग गरेबापत वर्षको १२ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ । यदि सबै रकम एकमुस्ट दिएमा वर्षको १० हजार रूपैयाँ मात्रै तिरे पुग्ने छ । यसमा अडिटको सुविधा, कर तिर्ने सुविधा, रिन्युअल र माइन्युट जस्ता सम्पूर्ण सेवा सुविधाहरु पाइने छन् । 

कसरी प्रयोग गर्ने जस्टचेक ? 

जस्ट चेक एउटा वेव एप हो । जस्टचेकको वेबसाइटबाटै अनलाइन दर्तादेखि नवीकरणसम्मको सुविधा पाउन सकिने छ । वेबसाइटमा गएर साइन अप गरेर आफ्नो प्रोफाइल बनाएपछि  आवश्यक विवरण राख्नु पर्नेछ । 

त्यहाँ व्यक्तिले राख्नुपर्ने सबै (कम्पनीको नाम, शेयर होल्डरको नाम, ठेगाना, आफ्नो शेयर होल्डरको ३ पुस्ते विवरण) आफैले राख्न मिल्छ । त्यसपछि हरेक कम्पनीको एनएसआइसी कोड हुन्छ । त्यो कोड राखिसकेपछि कम्पनीको विधान आफै जेनेरेट हुन्छ । त्यसबाट आफूलाई चित्त नबुझेको कुनै विधान हटाउन मिल्छ । अर्थात् अझै सेवा थप्न मन लाग्यो भने थप गर्न मिल्छ ।

त्यसपछि शुल्क तिरेर कम्पनी रजिष्टारको कार्यालयमा दिने कागज जुन हुन्छ, त्यो जेनेरेट गर्न गर्न सकिन्छ । प्रिन्ट गरेपछि स्वयं व्यक्ति पनि दर्ता गर्न जान मिल्यो । यदी फुर्सद छैन् भने जस्टचेकलाई नै त्यो जिम्मा पनि दिन सकिन्छ ।

यति भएपछि जस्टचेकको टिम घरमै आएर सही छाप लगाएर सम्पूर्ण काम अगाडि बढाउने छ । जस्टचेकले अहिलेसम्म २० वटा कम्पनी दर्ता गरिसकेको छ ।