कीवर्डहरू -

प्रोफेसनल ई–कमर्स वेबसाइट बनाउन सघाउने निःशुल्क प्लेटफर्म : ब्लांसर

प्रोफेसनल ई–कमर्स वेबसाइट बनाउन सघाउने निःशुल्क प्लेटफर्म : ब्लांसर

पछिल्लो समय ई–कमर्स वेबसाइटको प्रयोग निकै बढ्दो छ । ई–कमर्स वेबसाइट मार्फत मानिसले विभिन्न कुराको व्यापार निश्चित मूल्य निर्धारण गरेर गर्न सक्छन् । 

नेपालमा पनि ई–कमर्स प्लेटफर्महरु निकै फस्टाएका छन् । कोभिडको लकडाउन भएसँगै यस्ता साइटले राम्रै बजार हिस्सा ओगटिरहेका छन् । ई–कमर्स बेवसाइट बनाउनका लागि मानिसले निकै पैसा खर्चिने गर्दछन् । तर, घरमै बसेर आफै ई –कमर्स वेबसाइट निर्माण गर्न आइसकेको छ ब्लांसर । 

ब्लांसर नेपालका लागि ई–कमर्स विजनेश वेवसाइट हो जहाँबाट जो कोहीले केही समयमा नै प्रोफेसनल ई–कमर्स वेवसाइट बनाउन सक्छन् । यसमा विजनेशको लागि राम्रो खालको अर्डर मेनेजमेन्ट सिस्टम रहेको ब्लांसरका सिईओ प्रशान्त फुयालको भनाई छ । 

null

उनी भन्छन्र्, ब्लांसर नेपालमा सफल अनलाइन व्यापार सञ्चालन गर्ने एक प्लेटफर्म हो । यसबाट विभिन्न ई–कमर्स वेबसाइटहरु बनाउन सकिन्छ । अनलाइन व्यापार गर्नको लागि ब्लांसरबाट एसएमएस अर्डर पुष्टिकरण र ट्र्याकिङको साथ उचित अर्डर गर्न सकिन्छ भने वेबसाइट बाट अनलाइन भुक्तानी प्राप्त गर्न सकिन्छ । यसबाट व्यावसायीले आफ्नो सामान बेच्न सक्छन् भने ग्राहकले आफ्नो सामान सजिलै प्राप्त गर्न सक्छन् ।’ 

यति मात्र होइन ब्लांसरबाट आफ्नो विजनेशले कस्तो गरिरेहको छ भनेर डेल्ली, मन्थ्ली र एयर्ली तथ्यांक (विक्री तथा नाफाको ) सजिलै हेर्न सकिने उनको भनाई छ । यति मात्र होइन यहाँबाट दैनिक अर्डर रेङकिङ सबै हेर्न सकिन्छ । 

ब्लांसर निर्माण गर्नुको मूख्य निर्माण गर्नुको मूख्य उदेश्य भनेको आफूले अनलाइन विजनेश गर्दा जस्तो समस्या भोगेको थियो त्यो समस्या अरुले अर्थात सानो तिनो अनलाइन व्यापार गर्नेले भोग्न नपरोस् भनेर त्यही समस्याको समाधान गर्नको लागि ब्लांसर सुरु गरिएको प्रशान्तको भनाई छ । 

उनी भन्छन्र्, ब्लांसर सुरु गर्नुभन्दा पहिला म आफै पनि अनलाईन विजनेश गर्थे। जहाँ मैले भोगेका समस्यालाई कसरी समाधान गर्ने ताकि अरुले दुःख भोग्न नपरोस् भनेर सुरु गरिएको हो । यहाँबाट अर्डर म्यानेजमेन्ट गर्न सजिलो हुन्छ ।’

ब्लांसर प्रयोग गर्नको लागि कुनै पनि शुल्क निर्धारण गरिएको छैन । यहाँ रजिष्ट्रड गरेर जसबाट व्यवसायीहरुले आफ्नो सामानको उचित मूल्य राखेर चलाउन सक्छन् । यहाँबाट बेचेका सामानबाट ब्लांसरले कुनै पनि कमिसन समेत लिदैन ।  ब्लांसरमा अहिलेसम्म १४ हजारभन्दा बढि स्टोरहरु रजिस्टर्ड भैसकेका छन् । ३३ हजारभन्दा बढि प्रोडक्ट, २२ हजारभन्दा बढि ४१ लाखभन्दा बढिको अर्डर र २०० भन्दा बढि सदस्यहरु रहेका छन् । 

यसमा छिटो रेस्पोनसिभ सुविधा, वेबसाइट कस्टुमाइजेसन, अनलाइन पेमेन्ट लगायतका धेरै सुविधाहरु रहेका छन् ।