कीवर्डहरू -

इन्टर्न गर्न चाहने विद्यार्थीका लागि उपयोगी प्लेटफर्म इन्टर्नसाथी

इन्टर्न गर्न चाहने विद्यार्थीका लागि उपयोगी प्लेटफर्म इन्टर्नसाथी

पछिल्लो समय आइटी बढ्ने विद्यार्थी बढ्दो छन् । आइटी पढ्ने विद्यार्थीहरु विभिन्न माध्यबाट सिप सिक्छन् र इन्ट्रन गर्नको लागि बजारमा निस्कन्छन् । तर, आफूले भनेजस्तो इन्टर्नको अवसर हत्तपत्त पाइदैन । त्यस्तो समस्यबाट मुक्ति दिनको पछिल्लो समय बजारमा इन्ट्रनसाथी आइसकेको छ । 

इन्टर्नसाथी इन्टर्नसीप प्रदान गर्ने प्लेटफर्म हो । यसले इन्टर्नसीपको आवश्यकता भएका कम्पनी र व्यक्तिलाई जोड्ने काम गरेको छ । 

१ वर्षअघि मात्र सुरु भएको इन्टर्नसाथीबाट अहिलेसम्म ३८० बढीले इन्टर्नसीप पाइसकेका इन्टर्नसाथीका सिइओ कुनालशाह को भनाई छ । 

खासगरी इन्ट्रनसाथी कुनाल शाह आफैले भोगेको समस्याबाट जन्मिएको हो । उनले विभिन्न माध्यबाट सिप त सिके तर, आफूले सिकेको सिप कस्तो छ भनेर इन्ट्रन गर्ने प्लेट फर्म नै भेटिएनन् भेटिए पनि आफूले सिके जस्तो भेटिएन । यसले नै उनलाई इन्टर्नसाथी जन्माउने सोच आएको उनको भनाई छ ।

null

आइसिटी समाचारसँग उनी भन्छन्, सुरु गर्ने योजना आफैबाट आएको हो । मैले ब्याचलर्स पढ्दाखेरी विभिन्न माध्यबाट स्किल सिके त्यसपछि मैले सिकेको स्किल इन्ट्रन गर्न कतिको काम लाग्दो रहेछ भनेर जबमा एप्लाई गर्न खोजे तर, आफूले खोजेको जस्तो सम्भावना पाउन एकदमै गाह्रो थियो । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर मैले रिसर्च गर्न थाले ।’ 

उनी अगाडी फेरी भन्छन्र्,  'सुरुमा हामीले फेसबुकबाट सुरु गर्यौ । त्यसपछि विभिन्न माध्यबाट खोजेर (रिक्वाएरमेन्ट) फोष्ट गर्न थाल्र्यौ । त्यपछि १ वर्षअघि सिस्टम लञ्च गर्दै लग्यौं र अन्य फिचर्सहरु थप्दैं लग्यौं ।’

अहिले इन्ट्रनसाथीसँग ८ हजार प्रयोगकर्ता, ३ सयभन्दा बढि  कम्पनीहरु छन् भने ३८० भन्दा बढि विद्यार्थीले इन्टर्न गसिकेका छन् । 

इन्टर्नसाथीलाई अझै सहज बनाउनको लागि छिट्टै एप र वेबसाइट रिलिज गर्ने कुनालको भनाई छ ।