कीवर्डहरू -

प्रदेश १ का कृषि व्यवसायलाई डिजिटल बनाउन निःशुल्क सदस्यता दिदै टिग, यसरी दिनुहोस् आवेदन

प्रदेश १ का कृषि व्यवसायलाई डिजिटल बनाउन निःशुल्क सदस्यता दिदै टिग, यसरी दिनुहोस् आवेदन

अकाउन्टिङ एप टिग ले प्रदेश १ का कृषि उद्यमीहरूलाई निःशुल्क सदस्यता प्रदान गर्ने भएको छ । कृषि व्यवसायलाई डिजिटल बनाउने अभियानका साथ टिगले एपले १०० वटा सदस्यता निःशुल्क दिने भएको हो ।

प्रदेश १ मा दर्ता भएका मकै, अलैंची, डेरी वा तरकारी उत्पादक, वितरक, सङ्कलनकर्ता, व्यापारी वा खुद्रा बिक्रेताले आफ्नो व्यवसायको हिसाब किताब सजिलै व्यवस्थापन गर्ने सफ्टवेयर निःशुल्क पाउने छन् ।

कृषि उद्यमी सशक्तिकरण अभियान अन्तर्गत टिगले निःशुल्क सदस्यता दिन लागेको जनाएको छ । निःशुल्क सदस्यताका लागि प्रदेश एकमा दर्ता भएका कृषि व्यवसायले यहाँ क्लिक गरी आवेदन फाराम भर्न सक्ने छन् ।

कारोबारको हिसाब किताब सजिलै राख्न मिल्ने बीआईसी टेक्नोलोजीले तयार पारेको टिग एप आईएसओ र आन्तरिक राजस्व विभागबाट प्रमाणित रहेको छ ।

टिगमा डुकुमेन्ट व्यवस्थापन, सेल्स व्यवस्थापन, इन्भेन्ट्री व्यवस्थापन, अकाउन्टिङ, बैंक रिकन्सिलेसन, पर्चेच साइकल, रिपोर्ट लगायतका सुविधा छन् ।