कीवर्डहरू -

सूचना प्रविधिदेखि आधुनिक कृषिका युवा उद्यमी इन्जिनियर अरविन्द साह

सूचना प्रविधिदेखि आधुनिक कृषिका युवा उद्यमी इन्जिनियर अरविन्द साह

बारा जिल्लास्थित तेलकुवा स्थायी घर भएका युवा इन्जिनियर अरविन्द साह हाल काठमाडौंमा बस्छन् । काठमाडौंमा बसेर सूचना प्रविधिको क्षेत्रमा संघर्ष गर्दै र सफलता हात पार्दै आएका साहले आफ्नो जन्मथलो बारालाई चटक्कै माया मारिसकेका भने छैनन् ।

बारा जिल्लाको ग्रामिण परिवेशमा आजभन्दा ३१ वर्षअघि जन्मेको बालक आज सूचना प्रविधि र कृषिका क्षेत्रमा स्थापित भएको छ । यसका लागि उसले ठूलै संघर्ष गर्नुपरेको थियो । निरन्तरको प्रयास र लगानशीलताको परिणाम आज आइटी क्षेत्रमा सफल उद्यमीको रुपमा स्थापित भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्कलरसिपमा कम्युटर इन्जिनियरिङ गरेका साहले २२ वर्षकै उमेरमा जानकी टेक्नलोजी प्रालि नामक सफ्टवेयर कम्पनी दर्ता गराए । उक्त कम्पनीले अहिले Sparrow SMS, Picovico Khalti मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीका यी सेवाहरुले लाखौं नेपालीको जनजीवनलाई सहज र सरल बनाउन सफल भएको छ ।

यस्तै स \"\" फल र विश्वाश्नीय सेवा प्रदान गरेकोले सन् २०१३ मा नेपाल ईन्जिनियरिङ एसोसियसनबाट Youth Professional Award  बाट सम्मानित भएको सुखद अनुभव संगालेका छन् ।

बाराबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरी उच्च माध्यमिक तह बिरगंजबाट उत्तिर्ण गरी उच्च शिक्षाको लागि काठमाडौं हानीएका साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्कलरशिपमा कम्प्युटर ईन्जीनियरिंग गरेका हुन् ।

उनले बिरगंजमा पनि आइटी र Startup Culture को विकास हुनु पर्छ भन्ने आशयका साथले वीरगंजका सहपाठी साथीहरुसंग मिलेर Simplify IT मार्फत सन २०१४ देखि सेवा प्रदान गरिरहेका छन् ।

\"\"

‘सूचना प्रविधिको उच्चतम उपयोग गर्न सक्ने समाज निर्माण गर्नु’ नै आफ्नो ध्येय रहेको साह बताउँछन् ।

उनी दृढतापूर्वक सुनाउँछन्, ‘जतिधेरै सूचना प्रविधिलाई हाम्रो जीवनमा आवद्ध गर्न सक्छौं उतिनै सफल भइन्छ, यसको प्रयोग विना एक्काइसौं सताव्दीको जीवन मुस्किल हुँदै गइरहेको छ ।’

तर हाम्रो अधिकांश ग्रामिण जनता गरिबीको रेखामुनी छन र सुचना प्रविधिको प्रयोग सम्मको पहुँच छैन त्यसैले उनीहरुको पहुँच कृषि पेसालाई व्यवसायीकरण गरी आधुनिक संसारमा किसानहरुको पहुँच बनाउनु पर्छ भनेर आफ्नै गाउमा साहले सामुहिक कृषिको नयाँ अध्याय सन् २०१६ देखि सुरु गरेका छन् ।

\"\"

उनले ‘किसान एग्रो एडभाईजरी एण्ड मेशिनरी’ मार्फत कृषि कर्मको सुरुवात गरी कृषिक्षेत्रतर्फको बढ्दो विकर्षण रोक्न, आधुनिक कृषि मार्फत कृषकहरुको जीवनस्तर उकास्न एवं कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न स्थानीय किसानहरुसंगै मिलेर माटो त्यार देखि बजारीकरणसम्मको काम गर्दै आएको छ ।

सूचना प्रविधिका इन्जिनियर साह कृषितर्फ कसरी आकर्षित हुन पुगे त,  उनी भन्छन् ‘मलाई कृषकहरुको वाद्यता र विवसताले यतातर्फ तान्यो । वि.सं २०७१ श्रावण महिनाको अन्त्य तिर आफ्नो गाँउ तेलकुवा पुगेको स्मरण गर्दै साह भन्छन् ‘त्यसवेला सम्म त्याहाँका ९० प्रतिशत भन्दा बढी खेतहरु बाँझै रहेका थिए जवकी सरकारले असार १५ मै तामझामका साथ राष्ट्रिय धान दिवस मनाईसकेको थियो’ ।

यसरी कृषि एवं राष्ट्रकै समस्या समेत समाधान नहुने भएकाले कृषिमा केही गर्नु आवश्यक रहेको निस्कर्षमा अफू पुगेको उनले बताए ।
तर किसानहरु परम्परागत अपरिवर्तनीय सोच, समुहमा काम न गर्ने, नयाँ कुरामा लगानी गर्न न सक्ने लगायत अनेकौ समस्याले ग्रस्त भएको अवस्थामा मौखिक ट्रेनिङ  या सुचना प्रदान गरेर कृषिमा व्यवसायीकरण नहुने उनको मान्यता रहेको छ ।

\"\"

उनले आफ्नो उक्त कम्पनी मार्फत सौर्य उर्जाको माध्यमबाट सिंचाईको समस्या समाधान गर्न बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र अन्तर्गतको ग्रामिण जीविकोपार्जनका लागि नविकरणीय उर्जा (AEPC/RERL) र जिलला समन्वय समिति बाराको (DDC, Bara) सहयोगमा सर्वाजनिक निजी साझेदारी PPP मोडेलमा आधारित Special purpose vehicle कम्पनीको रुपमा तेलकुवा कृषि कम्पनी दर्ता गरी सन् २०१६ को जुलाई देखि आफ्नै नेतृत्वमा स्थानीय २८ जना किसान समुह गठन गरी कार्य अघि बढाएका छन् । \"\"

उक्त कम्पनीले 5HP को सबमर्सिबल सोलर पम्प मार्फत दैनिक ८२,५०० लिटर सिंचाईको लागि पानीको उपलब्धता हुने सिस्टम जडान गरी फेब्रुअरी २०१७ देखि सञ्चालनमा ल्यायो, साथै २५ जना स्थानीय कृषकहरुलाई कृषिमा आधुनिकताको बारेमा अवगत गराउन २ दिने भ्रमणका लागि चितवन लग्यो ।

उनले युवाहरुलाई कृषि प्रतिको आकर्षण बढाउन कृषि प्राविधिक तुलसी प्रसाद चौधरी एवं व्यवस्थापक अमजद अलिको सहयोगमा पोलिहाउस, ड्रिप इरिगेशन, भर्टिकल फार्मिङ मल्टी क्रप सिस्टम लगायत हेल्थी सिडलिंगका विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।

उक्त क्षेत्रका किसानहरुलाई निःशुल्क परामर्श सेवा दिने, उन्नत जातका तरकारीको बेर्ना सहुलियत मुल्यमा दिने, किसानहरुले गर्दै आउनु भएका कृषि कर्मको Return of Investment (RoI) बारे बुझाउने, कृषि प्रतिको नयाँ सोच ल्याउन सहयोग गर्ने, समूहमा काम गरी आधुनिक कृषि मार्फत उच्चतम प्रतिफल प्राप्त गरी कृषिप्रतिको आकर्षण बढाउन र जीवनस्तर सुधार्न आफू लागिपरेको साहले बताउने गरेका छन् ।

\"\"

हाल साहले बारा जिल्लामा नै विषादी रहित आधुनिक प्रविधि मार्फत स्थानीय कृषकहरुको समुहमा नमुना कृषि फार्म संचालन गरी ताजा र स्वास्थ्य तरकारी, बेर्ना बिक्रि गर्दै आउनु भएको छ भने आउने दिनमा फलफुल, जडिबुटी र बाख्रा पालनलाई पनि समावेश गरी इन्टिग्रेटेड नमुना फार्मिंग र अनुसन्धान केन्द्र स्थपनाको लक्ष्य
राख्नु भएको छ ्र