कीवर्डहरू -

प्रधानमन्त्रीले भने, ‘विद्युतीय हाजिरी मेसिन घर लैजानेलाई कानुनबमोजिम कारवाही हुन्छ’

प्रधानमन्त्रीले भने, ‘विद्युतीय हाजिरी मेसिन घर लैजानेलाई कानुनबमोजिम कारवाही हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय हाजिरी मेसिन घर लैजाने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई कानुनबमोजिम कारवाही हुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले विद्युतीय हाजिरी मेसिन घर लैजाने प्राध्यापकलाई कानुन बमोजिम कारवाही हुने बताएका हुन् ।

‘स्वायत्त निकायको रूपमा त्रिभुवन विश्‍वविद्यालयका काम कार्यवाहीहरू त्रिभुवन विश्‍वविद्यालय ऐन¸ २०४९ बमोजिम सञ्चालनमा रहेका छन्। विश्‍वविद्यालयको हाजिरी व्यवस्थापन सम्बन्धमा विश्‍वविद्यालयको आन्तरिक प्रशासनले नियमन गरिरहेको र नियम बमोजिम नभएका कार्यहरूमा सम्बन्धितलाई कानूनबमोजिम कारबाही हुने नै छ,’ प्रधानमन्त्रीले भनेका छन् ।