कीवर्डहरू -

आम सञ्चार र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि मन्त्रालयले माग्यो सुझाव, इमेलबाटै दिन सकिने

आम सञ्चार र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि मन्त्रालयले माग्यो सुझाव, इमेलबाटै दिन सकिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ । 

मन्त्रालयले आफ्नो वेबसाइटमा विधेयकको मस्यौदा राख्दै सरोकारवालाहरूलाई १५ दिनभित्र राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

सञ्चार माध्यमहरूको दर्ता, व्यवस्थापन र नियमन गर्न हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, राष्ट्रिय प्रशारण ऐन र नेपाल प्रेस काउन्सिल ऐनलाई विस्थापित गर्ने गरी सरकारले दुई वटा विधेयक ल्याउन लागेको हो ।

यहाँ क्लिक गरेर विधेयकको मस्यौदा पढ्न सकिने छ । विधेयकको मस्यौदामाथि सुझाव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको इमेल [email protected] मा पठाउन सकिने छ ।