कीवर्डहरू -

साइबर सुरक्षा  विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, सुझाव दिन आग्रह

साइबर सुरक्षा  विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, सुझाव दिन आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा  विनियमावली, २०७७ संशोधन गर्ने भएको छ । एक सूचना निकाल्दै प्राधिकरणले विनियमावलीमा संशोधन गर्नुपर्ने कुनै विषय भए आफ्नो राय, सुझाव दिन आग्रह गरेको हो ।

साइबर सुरक्षाका मापदण्डहरु तथा उत्कृष्ट अभ्यासहरूको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउनका प्राधिकरणले साइबर सुरक्षा  विनियमावली, २०७७ लागू गरेको थियो ।

अहिले उक्त विनियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएकाले सम्बन्धित सबै सरोकारवालाहरु लगायत विनियमावलीका व्यवस्थाहरु पालना गर्ने सन्दर्भमा दूरसञ्चार सेवा प्रदायकहरुका कुनै समस्याहरु र विनियमावलीमा संशोधन गर्नुपर्ने कुनै विषयहरु भए यो सूचना प्रकाशन भएको मितिले चौध (१४) दिनभित्र बुँदागत रुपमा  र संशोधन गर्नुपर्नाको कारण पुष्ट्याई सहित लिखित रुपमा आफ्नो राय, सल्लाह, सुझाव देहाय बमोजिमको ठेगानामा उपलब्ध गराउन प्राधिकरणको अनुरोध गरेको छ ।

सुझाव प्राधिकरणको कार्यालय वा [email protected] इमेलमा समेत पठाउन सकिने छ ।