दूरसंचार
टेलिकमको नाफामा उल्लेख्य वृद्धि, तीन महिनामै ४ अर्ब माथि
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद मुनाफा उल्लेख्य रूपमा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षमा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले वृद्धि भएर रु ८ अर्ब ८६ करोड ४६ लाख पुगेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद मुनाफा रु ६ अर्ब ६७ लाख थियो । समीक्षा अवधिमा खुद मुनाफा रु २ अर्ब ८५ करोड ७९ लाखले बढेको हो । कम्पनीको नाफामा विशेष गरी चौथो त्रैमासमा उल्लेख्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म मात्रै टेलिकमले रु ४ अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ । अघिल्लो त्रैमासमा रु ३ अर्ब १४ करोड ८० लाख १८ हजार नाफा कमाएको कम्पनीले चौथो त्रैमासमा नाफा रु १ अर्ब ५ करोड ४४ लाखले बढाएको हो ।
टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु द होम’ (एफटीटीएच) र जीएसएम डाटाको खपत बढ्दा कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव परेको छ । उनका अनुसार भ्वाइस सेवाको तुलनामा डाटा खपत बढेको छ भने सञ्चालन खर्च समेत अघिल्लो वर्षको तुलनामा घटेको छ ।
“आम्दानी बढेको र खर्च घटेको कारण समग्र नाफा बढेको हो,” लामिछानेले बताए । कम्पनीले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट मात्रै गत आर्थिक वर्षमा करिब रु १० देखि १५ करोड बचत गरेको जनाएको छ ।
करअघिको नाफा १३ अर्ब २६ करोड
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म टेलिकमको करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा रु ९ अर्ब ८५ करोड २ लाख थियो । यस आधारमा करअघिको मुनाफा रु ३ अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।
त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (ईबीआईटीडीए) रु २० अर्ब ४८ करोड १ लाख पुगेको छ । अघिल्लो वर्षको रु १८ अर्ब ४९ करोड ६० लाखको तुलनामा यो रकम रु १ अर्ब ९८ करोड ४१ लाख अर्थात् १० दशमलव ७३ प्रतिशत बढी हो ।
कम्पनीको कुल सञ्चालन आय पनि बढेर रु ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख थियो । एक वर्षमा सञ्चालन आय रु १ अर्ब ५ करोड ५९ लाख अर्थात् ३ दशमलव १२ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा टेलिकमको कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो । कुल आयमा रु १ अर्ब १ करोड १५ लाख अर्थात् २ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी रु ४९ दशमलव २५ रहेको छ ।
ब्याज आम्दानी घट्दा पनि मुख्य सेवाबाट बढ्यो आम्दानी
समीक्षा अवधिमा ब्याजदर घट्दै जाँदा टेलिकमको ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ब्याज आम्दानी रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिले समग्र सञ्चालन आय र नाफा बढाउन सहयोग गरेको छ ।
विशेष गरी जीएसएम सेवातर्फको आम्दानीमा सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जीएसएम सेवाबाट प्राप्त राजस्व रु ६४ करोड ५४ लाख अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सेवा विस्तार, एफटीटीएचको प्रयोगमा वृद्धि तथा मोबाइल डाटाको बढ्दो खपतले आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । सरकारले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै अघि बढाएका विभिन्न सुधारात्मक कार्यक्रमको प्रभाव पनि कम्पनीको वित्तीय अवस्थामा देखिन थालेको बताइएको छ ।
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा समेत टेलिकमका सेवा सुधारलाई प्राथमिकता दिइएको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकमा टेलिकमले रु १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार कुल आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी रु ९ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ थियो । यसअनुसार त्रैमासिक कुल आम्दानीमा समेत वृद्धि भएको छ ।
यसरी सेवा आम्दानीमा सुधार, डाटाको बढ्दो प्रयोग, खर्च नियन्त्रण र सञ्चालन दक्षतामा आएको सुधारका कारण नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि देखिएको कम्पनीको वित्तीय विवरणले देखाएको छ ।
दूरसंचार
नेपाल टेलिकमको नयाँ सुविधा: पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने, यस्तो छ प्रक्रिया
काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवर…
प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति एनसेलको आपत्ति, भन्यो- ‘गोपनीयताको गम्भीर उल्लङ्घन’
काठमाडौं । एनसेलले सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ …
स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : बैंकका अध्यक्षदेखि प्राधिकरणका पूर्वअध्यक्षसम्म २२ जनाविरुद्ध मुद्दा
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरी एनसेललाई बिक्री गरेको प्रकरणले नयाँ कानुनी मोड लिएको छ । जिल्…
नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव
काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल …
विद्युत् व्यापार विभाग पूर्णत: डिजिटल बन्दै, डीएमएस र अनलाइन बिलिङ प्रणाली सञ्चालनमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार विभागका सेवालाई थप आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने…
नेपाल टेलिकमको विशेष सहुलियत : पुरानो बक्यौता तिर्दा जरिवाना छुट, अटेर गरे कानुनी कारबाही
काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि बक्यौता महशुल नतिरेका ग्राहकलाई राहत दिने उद्देश्यले विशेष योजना सा…
स्मार्ट टेलिकम प्रकरणमा पूर्व दूरसञ्चार प्राधिकरण अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डार…
शेयर कारोबार रोक्ने सरकारी निर्णय पुनर्विचार गर्न एनसेलको आग्रह, विदेशी लगानीमै असर पर्ने दाबी
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो शेयर खरिद बिक्री प्रक्रियालाई सरकारी मान्यता नदिने निर्णय, अनु…
हरायो वा बिग्रियो नेपाल टेलिकमको सिम ? अब अनलाइनबाटै रिप्लेस गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड पुन: प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाएको छ । शुक्र…
फाइभजीको युगमा पनि २४ लाख नेपाली अझै टुजीमै, नयाँ प्रविधि अपनाउन किन ढिलाइ ?
काठमाडौं । नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू थ्रीजी प्रविधिलाई क्रमश: विस्थापित गर्दै फोरजी सेवामा केन्द्…
आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी सेवा बन्द
काठमाडौं । एनसेलले आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी (3G) सेवा बन्द गरेको छ । कम्पन…
अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइट इन्टरनेट सञ्चालन भइरहेको भन्दै सरकारको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिनै हिमाली क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा सञ्चालन भइरह…
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यको छनोट प्रक्रिया अघि बढ्यो, ९ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढेको छ । आवेदन संकलन र प्रारम्भ…
नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै
काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामाग्री घरमै हुलाकमार्फत प्राप्त गर्…
प्रसारण लाइन विकासमा नेपाली कम्पनीहरूको उल्लेखनीय सहभागिता : नेपाली र अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली (बुट मोडल) मार्फत …