कीवर्डहरू -

दूरसंचार

सस्तो इन्टरनेटमा निजीको ‘ब्रेक’, नेपाल टेलिकम भन्छ- ‘मूल्य बढाउँदैनौँ’

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले सुपथ मूल्यका कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि इन्टरनेटको शुल्क बढ्ने हो कि भन्ने चिन्ता बढेको छ । तर सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले भने हाल सञ्चालनमा रहेका आफ्ना इन्टरनेट प्याकेजको मूल्य वृद्धि गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले गत सोमबारदेखि सस्ता तथा कम स्पिडका प्याकेज उपलब्ध गराउन नसक्ने जनाएको थियो । मध्यपूर्वको तनावपछि बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, मुद्रास्फीति तथा एआई प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक चिपसेटको मूल्य बढ्दा सेवा सञ्चालन खर्च बढेको सङ्घको भनाइ छ ।

निजी प्रदायकको निर्णयसँगै न्यून आय भएका उपभोक्ताले सस्तो इन्टरनेट सेवा लिन कठिन हुने हो कि भन्ने बहस सुरु भएको छ । यहीबीच नेपाल टेलिकमले भने ग्राहकले अहिले लिइरहेका प्याकेजलाई निरन्तरता दिने जनाएको हो ।

वार्षिक प्याकेजमा थप सुविधा
टेलिकमले अन्य सेवा प्रदायकको तुलनामा वार्षिक तथा दुई वर्षे फाइबर इन्टरनेट प्याकेजलाई सस्तो दरमा उपलब्ध गराइरहेको जनाएको छ । ग्राहकले फाइबर इन्टरनेट जडान गर्दा मोबाइलमा दैनिक ६०० एमबीदेखि १ हजार एमबीसम्म डेटा निःशुल्क पाउने सुविधा पनि रहेको कम्पनीको भनाइ छ ।

एक महिना र तीन महिनाका प्याकेज समेत सञ्चालनमा रहेका छन् । हाल घरायसी ग्राहकका लागि टेलिकमले ५० एमबीपीएस इन्टरनेटको वार्षिक शुल्क ८ हजार ४९९ रुपैयाँ तोकेको छ । दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा १४ हजार ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, ७५ एमबीपीएसको वार्षिक शुल्क १० हजार ४९९ रुपैयाँ, १०० एमबीपीएसको ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको १६ हजार ४९९ रुपैयाँ रहेको छ ।

टेलिकमका अनुसार वार्षिक शुल्क एकैपटक भुक्तानी गर्ने ग्राहकले दैनिक ६०० एमबी मोबाइल डेटा निःशुल्क पाउँछन् । दुई वर्षको प्याकेज खरिद गर्दा एक वर्षे प्याकेजमा उपलब्ध सुविधाको तुलनामा झन्डै १५ प्रतिशतसम्म सहुलियत हुने कम्पनीको दाबी छ ।

‘बिलिङ पारदर्शी छ’
टेलिकमका प्रवक्ता लामिछानेले ग्राहकलाई तोकिएको ब्यान्डविथभन्दा कम सेवा नदिइने दाबी गरे । उनका अनुसार कम्पनीले उपलब्ध गराएको ब्यान्डविथको तुलनामा ग्राहकले बढी नै सेवा पाउने र बिलिङ प्रक्रिया समेत पारदर्शी रहेको छ । गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ४ लाख २ हजार ११० पुगेको कम्पनीले जनाएको छ ।

कार्यालय धाउन नपर्ने
टेलिकमले इन्टरनेट जडान प्रक्रियालाई समेत सहज बनाएको जनाएको छ । नयाँ कनेक्सनका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै १९८ नम्बरमा फोन गरेर ‘डिमान्ड’ दर्ता गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।

ग्राहकलाई सेवा लिन सहज होस् भनेर सार्वजनिक बिदा तथा चाडपर्वका समयमा समेत काउन्टर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । हाल एनटी फाइबर सेवा ७७ जिल्लाका करिब ४०० पालिका तथा पालिका केन्द्रसम्म पुगेको छ । फाइबर नपुगेका दुर्गम तथा अति दुर्गम क्षेत्रमा भने ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमको भनाइ छ ।

एउटै तारबाट चार सुविधा
एनटी फाइबरमार्फत ग्राहकले एउटै कनेक्सनबाट उच्च गतिको इन्टरनेट, टेलिभिजन, टेलिफोन र मोबाइल डेटा प्रयोग गर्न सक्ने सुविधा रहेको टेलिकमले जनाएको छ ।

इन्टरनेटसँगै रोजेको च्यानलसहित टेलिभिजन हेर्न र टेलिफोन सेवा प्रयोग गर्न सकिने भएकाले कम्पनीले यसलाई ‘थ्री प्लस वान’ नाम दिएको छ । टेलिकमका अनुसार दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा तत्कालीन नाफा लागतभन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिइएको छ ।

सेटटप बक्सबिनै स्मार्ट टिभीमा एनटीटिभी
यसैबीच टेलिकमले एनटी फाइबरअन्तर्गतको एनटीटिभी सेवामा नयाँ सुविधा थपेको छ । अब एन्ड्रोइडमा आधारित स्मार्ट टिभी प्रयोगकर्ताले भौतिक सेटटप बक्सबिनै टेलिभिजन सेवा लिन सक्ने भएका छन् ।

कम्पनीले असोज १५ देखि एन्ड्रोइड टिभीका लागि ‘भर्चुअल सेटटप बक्स’ उपलब्ध गराएको हो । ग्राहकले आफ्नो स्मार्ट टिभीमा गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटिभी’ खोजेर एप इन्स्टल गरी सेवा प्रयोग गर्न सक्नेछन् ।

आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेटटप बक्स विस्तार गर्ने तयारी भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए । नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेटटप बक्ससहितको प्याकेज लिने ग्राहकलाई १ हजार रुपैयाँ छुट दिने व्यवस्था पनि गरिएको छ ।

टेलिकमले एनटी फाइबरमार्फत इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा एउटै कनेक्सनबाट उपलब्ध गराउँदै आएको छ । वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधा समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

दूरसंचार

युटिएलको अनुमतिपत्र खारेज, एनसेललाई सम्पत्ति हस्तान्तरण योजना पेस गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को आधारभूत टेलिफोन सेवाको अनुमति…

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्र…

क्लासिक टेकको दशैं अफर : ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनी…

एआई डाटा सेन्टरमा बढेको लगानीले चलायमान बनायो दूरसञ्चार बजार

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगसँगै डाटा सेन्टर निर्माण र त्यसका लागि आवश्यक नेटवर्क …

दूरसञ्चारमा पहुँच विस्तार : नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

काठमाडौं । सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विकासको कामलाई प्राथमिकतामा राखेसँगै दूरदराजसम्म पनि य…

भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा रु ३३ लाख ५० हजार सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एन…

यूटीएलको लाइसेन्स रद्द, ८ अर्ब बक्यौता कसरी उठाउला सरकार ?

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को दूरसञ्चार सेवाको लाइसेन्स स्वत: रद्द भएपछि कम्पनीबाट सरकारला…

स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै &lsquo…

युटीएलको लाइसेन्स खारेज, सम्पूर्ण पूर्वाधार सरकारलाई बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नवीकरण हुन नसकेपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को अनुमतिपत्र स्वत: खारेज भएको छ । तोकिएक…

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ने…

नक्कली बैंकिङ एसएमएस र फिशिङ लिंकबाट सावधान रहन टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम दुरुपयोग गरी ग्राहकलाई ठगी गर्ने उद्देश्यले न…

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाई-फाई सोलुशन

काठमाडौं । नेपालकै पहिलो म्यानेज्ड वाई-फाईसोलुशन बिज२४ अब वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा म…

म्याद सकियो, नवीकरण भएन : यूटीएलको लाइसेन्स खारेजीतर्फ

काठमाडौं । तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफो…

बाढीको क्षतिपछि नेपाल टेलिकमको सेवा पुन:लयमा, १,०९३ लाइन सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फा…

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज …