दूरसंचार
एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क
एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरी विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ ।
नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।
गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो ।
प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।
नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो ।
अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको कम्पनीले बताएको छ ।
अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तर्राष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ ।
साथै यस अघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तरराष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।
सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ ।
केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ ।
प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।
गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न प्रतिबद्व रहेको एनसेलले जनाएको छ ।
स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापत रु २४२ अर्ब भन्दा बढि राजस्व सरकारलाई बुझाएको छ ।
देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिदै जानेछ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हालसम्म रु १ अर्ब २७ करोड भन्दा बढि रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।
दूरसंचार
२०० एमबीपीएससम्मको इन्टरनेट दिदै डिशहोम
डिशहोमले अब २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । अबको दश दिनमा …
डिशहोमका ग्राहकलाई अब मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट
डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका …
कस्ता मोबाइल ‘अवैध’ हुन् ? यस्तो छ प्राधिकरणको दर्ता प्रक्रिया
अवैधरुपमा नेपाल प्रवेश गरेका मोबाइल बन्द गर्ने भन्ने सरकारको कुरा नयाँ होइन । केह…
आइफोनमा पनि सुरु भयो नेपाल टेलिकमको भीओएलटीई सेवा
नेपाल टेलिकमले नेपाल मै पहिलो पटक सुरु गरेको भ्वाइस ओभर एलटीई (भोल्टे) आइफोनमा पनि चल्ने भएको छ ।
…चौधरी ग्रुपले शुरू गर्यो सिजी इन्टरनेट, यस्ता छन् प्याकेज
चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै सिजी नेट सुरु गरेको छ । मंगलबारदे…
१० प्रतिशतले घट्यो इन्टरनेटमा लाग्दै आएको टीडीएस शुल्क, मूल्य घटाउन सहयोग होला ?
सरकारले इन्टरनेटमा लाग्दै आएको टिडिएस शुल्कमा १० प्रतिशतले घटाएको छ ।
नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको निशुल्क भ्वाइस कल सेवा निकै लोकप्रिय …
नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा जाने
सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …
कोरोनाको दोस्रो लहरसँगै नेपाल टेलिकमको डेटा खपत ३० प्रतिशतले वृद्धि
कोरोना संक्रमणले सबैजना घरभित्र बसिरहँदा इन्टरनेट उपभोगमा वृद्धि भइरहेको छ । व्यक्तिगत खपतदेखि कार्यालय र अनलाइन कक्…
गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३
गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३ पुगेका छन् ।
सबै जिल्लाका ६५५ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा
७७ जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ ।
थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा
नेपाल दूरसञ्चार प्राधिकरणले थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा जडान…
मध्यपहाडी लोकमार्गमा १ हजार ६० किलोमिटर अप्टिकल फाइबर विच्छ्याइयो
चालु आर्थिक वर्षको फागुसम्म मध्यपहाडी लोकमार्ग र आसपासका जिल्लामा उच्च गतिको इन्टरनेट…
सन् २०२५ सम्ममा देशभर फाइभजी विस्तार हुने, यस्तो छ प्राधिकरणको कार्ययोजना
नेपाल दूरसञ्चार प्राधिकरणले बहुप्रतिक्षित पाँचौ पुस्ताको मोबाइल ब्रोडव्यान्ड इन्टरनेट …
‘एक वर्षमा फाइभजी सुरु हुन्छ, एक वर्षसम्म निशुल्क चलाउन पाइन्छ’
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक फाइभजी सुरु गर्ने बताएका छन्।