दूरसंचार
विद्यार्थीलाई निःशुल्क सीमकार्ड वितरण
कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन पाल्पा जिल्लाका विद्यार्थीलाई निःशुल्क चल्ने सिमकार्ड वितरण गरिएको छ।
जिल्लाको रम्भा गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनेर एक हजार पाँच सयभन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क सिमकार्ड वितरण गरेको हो।
निषेधाज्ञाले लामो समयसम्म विद्यालयमा पठनपाठन हुन नसकेको बेला अनलाइन कक्षाका लागि र फोनमार्फत विद्यार्थीलाई सोधपुछ गर्न सहज होस् भनेर सिमकार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
सिमकार्डबाट विद्यार्थीले शिक्षकलाई सोझै फोन गरेर गृहकार्यका लागि पृष्ठपोषण र पाठ्यपुस्तकको आवश्यक जानकारी लिन सक्नेछन्।
निषेधाज्ञाका कारण लामो समय विद्यालय बन्द भएपछि शिक्षण क्रियाकलाप सहज बनाउन सिम वितरण गरिएको रम्भा गाउँपालिकाका शिक्षा संयोजक काशीराम बस्यालले बताए ।
अहिले पनि कोरोना सङ्क्रमण नघटेकाले सिम वितरण गरेर वैकल्पिक माध्यमबाट सिकाइ सुरुवात गरिएको बस्यालले बताए ।
यसअघि घरमै त्यसै बसेका विद्यार्थीले सिमकार्ड पाउनासाथ विषय शिक्षकलाई सोधपुछ गर्न थालेको रविकिरण मावि पीपलडाँडाका प्रधानाध्यापक केशबहादुर सारुले बताए।
गाउँपालिकाले हालसम्म कक्षा–४ देखि १० कक्षासम्मका एक हजार सात सय ६५ जना विद्यार्थीलाई निःशुल्क सिम वितरण गरेको जनाएको छ।
सातवटा मावि र एकवटा आधारभूत विद्यालयका गरी एक हजार सात सय ६५ जना विद्यार्थीलाई सिमकार्ड वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
उनले त्यसका लागि गाउँपालिकाले प्रतिसिम एक सय २५ रुपियाँ विद्यालयलाई रकम उपलब्ध गराएको जानकारी दिए । गोरखापत्र
दूरसंचार
सीडीएमएबाट जीएसएममा जाने ग्राहकलाई टेलिकमको निःशुल्क सीम, भ्वाइस, एसएमएस र डेटा
नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम फोरजी सेवामा रूपान्तरण हुने ग्राहकहरुलाई …
चिठ्ठा परेको छ भन्दै एनसेलको नाम लिएर भाइबर, ह्वाट्सएपबाट ठगी
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नाम लिदै भाइबर, ह्वाट्सएप जस्ता एपबाट कल गरी चि…
इन्टरनेट विस्तार तीव्र, राउटर आयात ८४० प्रतिशतले वृद्धि
कोरोना संक्रमणको पछिल्लो एक वर्षमा मुलुकमा इन्टरनेट जडान तीव्र भ…
अब समुन्द्रमा नेपालको आफ्नै व्यान्डविथ ल्यान्डिङ स्टेसन, इन्टरनेटको मूल्य आधाभन्दा धेरै सस्तो हुनसक्ने
काठमाडौं । नेपालमा आयात हुने इन्टरनेसनल व्यान्डविथको मूल्य चर्को भइरहेको बेला त्यसलाई घटाउन नेपाल दूरसञ्चार प्राधिकर…
आन्दोलनमा उत्रिए टेलिकम कर्मचारी, थुनिए प्रबन्ध निर्देशक
नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा उत्रेका छन् । आफ्ना माग पुरा नगरेको भन्दै उनीहरुले मंगलबार धर्ना र टेलिकम प्रबन्ध द…
अब राष्ट्रिय परिचयपत्र बोकेर गए सीम पाइने, डिजिटल केवाईसी लागु गर्दै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टुमर) लागु गर्ने भएको छ । प्…
डिशहोम फाइबर नेटको सेवा अब धरानमा
डिशहोम फाइबरनेटको सेवा धरानमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट सेवा…
मोबाइल सेवा प्रदायकले मानेनन् प्राधिकरणको नियम, एकवर्ष हुन लाग्दा प्रयोगमा आएन नयाँ शर्ट कोड
नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौमा ‘दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल …
सर्भर ह्याकको समाचार गलत, कुनै पनि डेटा चोरी भएको छैन् : नेपाल टेलिकम
नेपाल टेलिकमले सर्भरमा ह्याक गरी डेटा चोरिएको समाचारमा कुनै पनि सत्यता नरहेको बत…
ताँजकोटमा इन्टरनेट अवरुद्ध
मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण …
अन्तर्राष्ट्रिय कलमा स्मार्ट टेलिकमको ३० प्रतिशतसम्म छुट
स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । प्रयोगकर्ताले वि…
६६२ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, अप्टिकल फाइबर विस्तारमा ढिलाइ
मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्र्तगत नेपाल दूरसञ्चार प्राधिकरणले …
टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल…
नेपाल टेलिकमको सर्भर ह्याक
नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । सर्भर ह्याक भएको जानकारी पाएपछि टेलिकमले उक्त …
नआत्तिनुस्, चलिरहेका मोबाइल दर्ता नभए पनि बन्द हुँदैनन्
सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनम…