कीवर्डहरू -

दूरसंचार

गत ५ वर्षमा एनसेलले सरकारलाई तिर्‍यो १ खर्ब ४४ अर्ब राजस्व, कुन वर्षमा कति ? 

एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेलले सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन ओभरभ्यु प्रतिवेदनमा सन् २०२१ मा २१ अर्ब ७५ करोड रूपैयाँ सरकारलाई कर तिरेको उल्लेख गरिएको छ ।

एनसेलले गत ५ वर्षमा  सरकारलाई कर र शुल्क बापत १ खर्ब ४४ अर्ब रूपैयाँ राजस्व बुझाएको छ । ५ वर्षको समयमा सबैभन्दा बढी सन् २०१९ मा ३४ अर्ब ५६ करोड रूपैयाँ कर तिरेको छ, जुन सरकारको कुल राजस्वको ४.४ प्रतिशत हो ।

सन् २०१७ मा २६ अर्ब ८६ करोड कर तिरेको एनसेलले सन् २०१८ मा २८ अर्ब २३ करोड, २०१९ मा ३४ अर्ब ५६ करोड, २०२० मा ३२ अर्ब ६० लाख र २०२१ मा २१ अर्ब ७५ करोड राजस्व सरकारलाई तिरेको छ । एनसेल सरकारलाई सबैभन्दा बढी कर तिर्ने दूरसञ्चार कम्पनी मध्येमा पर्छ ।

एनसेलले आर्थिक वर्ष २०२०-२१ मा नेपालको अर्थतन्त्रमा कुल ५२ अर्ब ३७ करोड रूपैयाँ योगदान गरेको छ, जुन राष्ट्रिय जीडीपीको १.४ प्रतिशत हो । यस्तो योगदान सन् २०१६-१७ मा ८१ अर्ब २१ करोड थियो ।

आर्थिक वर्ष सन् २०१६-१७ को तुलनामा सन् २०२०-२१ मा अर्थतन्त्रमा योगदान कम हुनुको कारण एनसेलले सञ्चालन नाफा घट्नु र मोबाइल पेनिट्रेसनको वृद्धि विस्तारै भएको औल्याएको छ ।

कम्पनीले प्रत्यक्ष रूपमा ५३८ जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा हजरौंलाई रोजगारी प्रदान गरेको उक्त रिपोर्टमा बताइएको छ । कम्पनीमा काम गर्ने ९८ प्रतिशत नेपाली छन् भने कुल कर्मचारीको २४ प्रतिशत महिला कर्मचारी छन् ।

दूरसंचार

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट …

कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी, १२ को परीक्षा पनि प्रभावित हुन सक्ने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनुसुकै बेला पनि इन्टरनेट अवरूद्ध हु…

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।

देशभर उच्च गतीको इन्टरनेट दिन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तीव्रता दिइने

सरकारले देशभर उच्च गतीको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका क…

टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड बढी

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत म…

सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो 

हालसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । मध्यपहाडी लोकमार्ग र जिल्…

देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा, अब ३४ वडा कार्यालय मात्रै बाँकी

देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेप…

मोबाइल सेवाले दुर्गमको परिचय बदलिएको बाग्लुङको एक गाउँ

बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा द…

देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना अन्तिम चरणमा

देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । परिय…

टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर अवार्डबाट एनसेल सम्मानित 

एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र …

इतिहासमै पहिलो पटक बोनस शेयर दिदै नेपाल टेलिकम

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक…

एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा

एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छ…

काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर

राजधानीसमेत रहेको देशको प्रमुख केन्द्र काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर …

६ महिनामा टेलिकमको कुल आम्दानी करिब २२ अर्ब, नाफा ३ अर्ब ८९ करोड

नेपाल टेलिकमले ६ महिनामा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ नाफा कमाएको छ ।…