कीवर्डहरू -

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।

शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७७ साल फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख ८२ हजार १०१ ग्राहक रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा इन्टरनेट सेवा प्रदायकका ग्राहक १ लाख ५९ हजार ८९ रहेका थिए । कोरोना महामारीपछि इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।