कीवर्डहरू -

क्लासिक टेकको दशैं अफर : ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट

क्लासिक टेकको दशैं अफर : ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्’ योजना ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेटको ३ महिनाको शुल्क ५ हजार ७ सय रुपैयाँ तिरेर ७ महिनासम्म सेवा प्रयोग गर्न पाउनेछन् । योजनामा ग्राहकले ४ महिनाको इन्टरनेट बोनससँगै वाइफाइ ६ राउटर र नि:शुल्क जडान सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दशैंको अवसरमा ग्राहकलाई थप बचतको सुविधा उपलब्ध गराउँदै उच्च गतिको तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले अफर ल्याइएको क्लासिक टेकको भनाइ छ ।

अफर तथा सेवासम्बन्धी थप जानकारीका लागि ग्राहकले [email protected] मा इमेल गर्न वा ०१-५९७०१२८ तथा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन् । 

कम्पनीको वेबसाइटबाट समेत थप जानकारी लिन सकिनेछ । कम्पनीका अनुसार अफरमा तोकिएका सर्तहरू लागू हुनेछन् ।