कीवर्डहरू -

बजारमा भित्रियो नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी, ३३३ रूपैयाँमा ३० एमबीपीएसको इन्टरनेट

बजारमा भित्रियो नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी, ३३३ रूपैयाँमा ३० एमबीपीएसको इन्टरनेट

नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’ ले सेवा सुरू गरेको छ । ‘स्पीड पनि, सस्तो पनि’ नारासहित बुधबारदेखि वाईफाई नेपालको सेवा सुरू भएको हो ।

हाल कम्पनीले ३० एमबीपीएस र ५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । यस अन्तर्गत ३० एमबीपीसको इन्टरनेटको शुल्क वार्षिक ४ हजार र ५० एमबीपीएसको इन्टरनेट ५ हजार रूपैयाँ तोकिएको छ ।

इन्टरनेट जडान गर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन् तर पनि राउटरको १५०० रूपैयाँ शुल्क भने तिर्नुपर्नेछ । ३० एमबीपीएसको वार्षिक प्याकेज लिँदा मासिक शुल्क ३३३ रूपैयाँ पर्नेछ ।

३० एमबीपीएसको शुल्क १ महिनाको ४००, ३ महिनाको ११०० र ६ महिनाको २१ सय रूपैयाँ कायम गरिएको छ भने ५० एमबीपीएसको शुल्क १ महिनाको ५५०, ३ महिनाको १५०० र ६ महिनाको ३ हजार रूपैयाँ कायम गरिएको छ ।

वाईफाई नेपालको सेवा अहिलेलाई काठमाडौं उपत्यकामा मात्र उपब्ध रहेको छ । उपत्यका बाहिर पनि चरणबद्ध रूपमा सेवा विस्तार गर्ने कम्पनी योजना छ ।