दूरसंचार
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छिन् ।
छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन् ।
वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाइ थियो ।
उनले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागरीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सरकारले सुरु गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । ।
सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमका रुपमा स्थापित हुन पुगेको बताइन् ।
'यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ । सेवा प्रवाह पारदर्शी, सहज, छिटोछरितो हुनाका साथै लागत कटौतीमा मद्दत पुगेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्', उनले भनिन् ।
नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको र यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उनले उल्लेख गरिन् ।
साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउँदै उनले राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिइन् । 'सरकारी सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षाका लागि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ', उनले भनिन् ।
मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको जानकारी दिइन् । 'सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चारसम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले काा गरिरहेको छ', उनले भनिन् ।
सूचना प्रविधिको प्रयोग एवम् सुरक्षित प्रयोग सम्बन्धमा नागरिकलाई साक्षर बनाउन डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम मुलुकभर सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन् । उनले ‘डिजिटल डिभाइस’ हाम्रा लागि ठूलो समस्याको विषय बन्ने गरेको उल्लेख गरिन् ।
मन्त्री शर्माले भने, 'एकातिर सबै ठाउँका जनताको सूचना प्रविधिमा पहुँच पुग्न नसक्ने समस्या छ भने अर्कोतिर पुगेका ठाउँका पनि सबै नागरिकले समानरुपमा यसको प्रयोग गर्ने अवस्था सिर्जना भइसकेको छैन, सूचना प्रविधि प्रयोग गर्न पाउने र नपाउनेहरुको यो खाडल हटाउनु सरकारको दायित्व हो।' उनले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि ल्याउने काामा ठोस योगदान गर्न अपिल गरिन् ।
दूरसंचार
धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक
नेपाल दूरसञ्चार प्राधिकरणले हालै पुस महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ ।…
एक महिनामै बढे ६ लाख ६५ हजार फोरजी प्रयोगकर्ता, टेलिकम एक्लैले बढायो करिब साढे ६ लाख
नेपालमा १ करोड ९१ लाख ४९ हजार ३३६ फोरजी प्रयोगकर्ता रहेको देखिएको छ । नेपाल दूर…
३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा, ७३ प्रतिशतमा स्मार्टफोन
३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा पुगेको देखिएको छ ।
कत्तिको सुरक्षित छ फाइभजी ?
फाइभजी पाँचौं पुस्ताको वायरलेस प्रविधि हो । यो वानजी, टुजी, थ्रीजी हुँदै फोरजी प…
रजत जयन्ती मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण, सेवा नपुगेको ठाउँमा पुर्याउने प्रतिबद्धता
नेपाल दूरसञ्चार प्राधिकरणले आज रजत जयन्ती मनाउँदै छ । २०५४ साल फागुन २० गते स्वाय…
फाइभजी परीक्षणका लागि सरकारको अनुमति कुर्दै एनसेल
पछिल्लो समय नेपालमा फाइभजीको चर्चा भइरहेको छ । नेपालमा फाइभजी परीक्षणका लागि नेप…
धेरै ग्राहक हुने यी हुन् १० इन्टरनेट सेवा प्रदायक
नेपाल दूरसञ्चार प्राधिकरणले हालै साउन महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ …
१ करोड ८५ लाखले प्रयोग गर्छन् फोरजी, कुन सेवा प्रदायकका कति ?
नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० रहेका छन् । नियामक निकाय नेप…
एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क
विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाबाट एनसेल आजियाटा…
सिमकार्ड रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउँदा जोखिम बढ्दै
सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर ए…
मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनः भ्वाइसमा एनसेल अगाडि
नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मोबाइल र डाटा सेवाक…
एक वर्षमा टेलिमको आम्दानी ४४ अर्ब, डाटा र भ्वाइसको प्रयोग बढेपछि आयमा वृद्धि
नेपाल टेलिकमले एक वर्षमा ४४ अर्ब रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को …
कुन इन्टरनेट सेवा प्रदायकका ग्राहक कति ? यस्ता छन् धेरै ग्राहक हुने १० सेवा प्रदायक
नेपाल दूरसञ्चार प्राधिकरणले हालै वैशाख महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ…
नेपालमा कहिलेदेखि सुरू हुन्छ फाइभजी परीक्षण ?
नेपालमा फाइभजी परीक्षण हुन अझै केही समय लाग्ने भएको छ । गत कात्तिकमा नेपाल दूरसञ्…
दूरसञ्चार प्राधिकरणले देशभरका १६ हजार १७७ ठाउँमा पुर्यायो ब्रोडब्याण्ड इन्टरनेट
नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याएको छ । ग्रामीण द…