कीवर्डहरू -

दूरसंचार

फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक

नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४३० छन् ।

गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३६५ फोरजी ग्राहक बढाएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले रेडियो नेटवर्कको फोरजीको इक्विपमेन्टको हिसाबले गर्नुपर्ने अन्तिम कामहरू सकिएको र प्याकेज पनि आकर्षक भएका कारण फोरजी ग्राहक बढेको बताए ।

नेपाल टेलिकमले आक्रामक रूपमा फोरजी विस्तार गरिरहेको छ । सबै स्थानीय तहमा फोरजी पुर्‍याउने टेलिकमको योजना छ । तर अति विकट ठाउँमा तुरून्तै पुर्‍याउन गार्‍हो रहेको उनले बताए ।

‘ नेपाल टेलिकमको उद्देश्य सबै स्थानीत तहमा पुर्‍याउने हो,’ जोशीले आइसिटी समाचारसँग भने, ‘तर अति विकट ठाउँहरू पनि छ । जुन ठाउँमा विद्युतको समस्या र सोलार पनि त्यति डिपेन्डेबल नहुने क्षेत्रमा तुरून्तै पुगिहाल्छ भन्न गार्‍हो छ । तर प्रविधिको उपलब्धतासँगै त्यो हुँदै जान्छ ।’

असोजको तुलनामा कात्तिकमा एनसेलका ग्राहक भने सामान्य बढेका छन् । यो एक महिनाको अवधिमा एनसेलले ८८ हजार ७६४ ग्राहक बढाएको छ ।

उता स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेका छन् । असोजमा १ लाख ६७ हजार ९६ फोरजी ग्राहक रहेका कम्पनीका कात्तिकसम्म आईपुग्दा घटेर १ लाख ५३ हजार ७४५ भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा १ करोड ३७ लाख ८७ हजार ४१९ फोरजी प्रयोगकर्ता रहेका छन् ।

दूरसंचार

नेपाल टेलिकमले सबै स्थानीय तहका वडासम्म टेलिफोन र ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने

नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्या…

१ जीबीपीएस सम्म स्पीड भएको इन्टरनेट ल्याउँदै क्लासिटेक, के के हुने छन् सुविधा ? 

क्लासिक टेकले नयाँ पुस्ताको प्रविधि वाईपाई सिक्ससहित टालियन १ जीबीपीएस इन्टरनेट से…

टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया शुरू, मन्त्रालयले माग्यो दरखास्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक…

आधारभूत सामुदायिक विद्यालयमा २० एमबीपीएसको इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत विद्यालयमा २० एमबीपीएस इन्टरनेट पुर्‍याउन ३३८ …

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत…

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…

हेलिकप्टरबाट उपकरण ढुवानी गरेर दुर्गमका ८ स्थानमा टेलिकमको टुजी र फोरजी सेवा

मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको प…

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । ते…

हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स…

पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी

सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ …

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, परीक्षण अवधिभर ग्राहकलाई निःशुल्क

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको छ…

२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक स…

डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले…

३ महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासिकमा नेपालको टेलिकमको आम्दानीमा वृद्…

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्…