दूरसंचार
मोबाइल सेवाले दुर्गमको परिचय बदलिएको बाग्लुङको एक गाउँ
बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा दुर्गम खानीगाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि दुर्गमको परिचय बदलिएको छ ।
नेपाल टेलिकमले गाउँदेखि माथि डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा प्रवाह गरेसँगै स्थानिय बासी खुसी भएका छन् ।
यसभन्दा पहिले सूचना र सञ्चारको लागि उक्त गाउँका बासिन्दा हुलाक र कट्टवालको भर पर्दै आएका थिए । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवा विस्तार गरेपछि अहिले ढोरपाटन नगरपालिकाको वडा नं ६ स्थित खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
भौगोलिक हिसाबले विकट मानिने उक्त गाउँमा मोबाईल सेवा नहुँदा स्थानीयले कठिनाई झेल्दै आएका थिए । कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न गराउन सम्बन्धित ठाउँमै पुग्नु पर्ने बाध्यता मोबाईल सेवा पुगेपछि हटेको छ ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दुर्गम वस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
आर्थिक हिसाबले भन्दा पनि दुरदराज र विकट बस्तीमा सेवा पुराउने उद्येश्यले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याईएको उनले बताए ।
शर्माले भने ‘जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोवाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ ।’
यो गाउँमा पहिले नेटवर्क नै थिएन अधिकांश भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाइ छ ।
स्थानीयबासीसँग समन्वय र नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोबाईल सेवा सुचारु गर्न सफल भएको स्थानीय समाजसेवी रेशम बुढा मगरले जानकारी दिए ।
टेलिकमले उक्त स्थानमा मोबाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिले देखि गृहकार्य गरेको भएतापनि कोभिडको कारण केही ढिलाई भएको जनाएको छ ।
टेलिकमले उक्त टावरमा निकट भविष्यमा अत्याधुनिक प्रविधिको चौंथो पुस्ताको फोरजी मोबाईल सेवा उपलब्ध गराइने जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।
मोवाईल सेवा सुचारु भएपछि पहिले डाँडा तिर धाउनु पर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । भौगोलिक विकटतासँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न र मोबाईलमा ईन्टरनेट चलाउन पाउँदा खानीगाउँबासी हर्षित भएका छन् ।
दूरसंचार
एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छ…
काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर
राजधानीसमेत रहेको देशको प्रमुख केन्द्र काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर …
६ महिनामा टेलिकमको कुल आम्दानी करिब २२ अर्ब, नाफा ३ अर्ब ८९ करोड
नेपाल टेलिकमले ६ महिनामा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ नाफा कमाएको छ ।…
करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण
सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथ…
फोरजी विस्तारमा आक्रामक टेलिकम, एक महिनामा टेलिकमले करिब ७ लाख ग्राहक थप्दा एनसेलका ३४७ मात्रै थपिए
नेपालमा करिब १ करोड ४५ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…
टेलिकमले मनायो १८ औं वार्षिकोत्सव, भीओएलटीई सेवाको व्यवसायिक सुरूवात
नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम माघ २२ गते शनिबार मनाएको…
१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम
नेपाल टेलिकमले आज १८ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९…
केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्ट…
क्लासिक टेकले नेपालमै पहिलो पटक ल्यायो १ हजार एमबीपीएसको इन्टरनेट, कति छ मूल्य ?
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक १ जीबीपीएस अर्थात १००…
यी हुन् नेपालका टप सेभेन इन्टरनेट सेवा प्रदायक
नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल कार्तिक महिनाको एमआईएस रिपोर्ट सार्वजनिक गरे…
फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक
नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । नेपाल दूरसञ्चार प्रा…
नेपालमा फोरजीका प्रयोगकर्ता करिब १ करोड ३८ लाख, एक महिनामै ९ लाखको वृद्धि
नेपालमा करिब १ करोड ३८ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…
प्रदेशमा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तर जाँच गर्दै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र
नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, …
फाइभजीको विकासका लागि गुरू योजना बनाउँदै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको विकास र प्रवर्द्धनका लागि गुरू कार्य योजना अर्थ…
नेपाल टेलिकमले सबै स्थानीय तहका वडासम्म टेलिफोन र ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने
नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्या…