दूरसंचार
जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरू
जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।
टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।
नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको निर्देशक पहाडीले बताए । उनीसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गरेका थिए ।
भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताए । भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उनको भनाइ थियो ।
जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले यस क्षेत्रमा सञ्चारको समस्य र समाधानका विषयमा निर्देशक पहाडीको टोलीलाई जानकारी गराएका थिए । सडक निर्माणका क्रममा रुकुम पश्चिम र जाजरकोट हुँदै डोल्पा पुग्दा सञ्चार अभावका कारण परेका समस्याबारे जानकारी दिँदै नमुना सेवा विस्तार भए सबैको मन जित्ने उनले विश्वास व्यक्त गरे ।
सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माको निर्देशन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्चस्तरीय टोली गाउँगाउँमा पुगेको थियो ।
आवश्यक स्थानमा थप टावर निर्माणका लागि पालिकासँग सम्पर्क गरेर प्राविधिक खटाउने व्यवस्था मिलाइएको जनाउँदै अहिले निर्माण भइरहेका टावरबाट गुणस्तरीय र भरपर्दो सेवा दिन लागिएको पहाडीले जानकारी दिए । रासस
दूरसंचार
भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क
सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…
फोरजी प्रयोग गर्नेको संख्या २ करोड बढी, एक वर्षमा बढे १५ लाख प्रयोगकर्ता
नेपालमा फोरजी प्रयोगकर्ता २ करोड १ लाख ३२ हजार ९६१ पुगेका छन् ।
नेपाल दूरसञ्चार प्राधिक…
एशियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई एनसेलको सम्मान
हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ए…
एकैपटक धेरैलाई दशैंको शुभकामना दिन चाहनुहुन्छ ? टेलिकमको यो सेवा प्रयोग गर्नुस्
बडादशैंको अवसरमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने सामूहिक सन्देश पठाउ…
३५ सयभन्दा बढी ग्राहकलाई एनसेलको १०० रूपैयाँ बोनस ब्यालेन्स
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार…
ग्रामिण क्षेत्रमा एकसाथ टेलिकमको टुजी र फोरजी सेवा
थम्मन थापा
नेपाल टेलिकमले बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा, देउरालीमा नयाँ टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको …
रोयल्टी र दूरसञ्चार विकास कोषको बक्यौता रकम तत्काल दाखिला गर्न प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले सरकार तथा प्राधिकरणमा दाखिला गर्नु पर्ने बक्यौता रकम यथ…
एक महिनामै बढे १ लाख ८० हजार फोरजी प्रयोगकर्ता, कुन सेवा प्रदायकका कति ?
नेपालमा पछिल्लो समय फोरजी प्रयोगकर्ताहरू बढिरहेका छन् । देशभर फोरजी सेवा विस्तार ह…
साइबर सुरक्षा विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, सुझाव दिन आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली, २०७७ संशोधन गर्ने भएको छ ।…
प्रधानमन्त्रीले भने, ‘विद्युतीय हाजिरी मेसिन घर लैजानेलाई कानुनबमोजिम कारवाही हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय हाजिरी मेसिन घर लैजाने त्रिभुवन वि…
फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा २८ प्रतिशत, अन्यको कति ?
फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट तर्फ सबैभन्दा बढी बजार हिस्सा नेपालकै ठूलो इन्टरनेट सेवा …
अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी
अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत…
के हो टेरामोक्स प्रणाली ? के साच्चै कल ट्यापिङ गर्छ ?
नेपाल दूरसञ्चार प्राधिकरणले राजस्व चुहावट रोक्न, कल बाइपास नियन्त्रण गर्न र सेवाको ग…
प्राधिकरणको स्पष्टिकरणः टेरामोक्स प्रविधिले भ्वाइस ट्यापिङ गर्दैन्, एसएमएस पनि हेर्दैन्
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकको सिस्टममा राख्न लागेको टेरामोक्स (…
नेपालको जीडीपीमा आईटी सेवा निर्यातको योगदान १.४ प्रतिशत, कम्पनीभन्दा फ्रिल्यान्सरको बढी
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटी सेवा निर्यातले १.४ प्रतिशत योगदान गर…