कीवर्डहरू -

२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक

२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

यस अफरमा ग्राहकहरुले २०० एमबिपिएस वार्षिक इन्टरनेट जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने जानकारी पाउने छन् । 

यसमा १३ महिना इन्टरनेट र १३ महिना आईपीटीभी सेवा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ । २०० एमबिपिएसको वार्षिक प्याकेजको शुल्क मासिक रूपमा ५६६ रूपैयाँ पर्न आउने कम्पनीले जनाएको छ । 

यस अफरमा २५ महिना बोनसका साथै फाइभजी डुअल ब्याण्ड राउटर र स्मार्ट सेटअपबक्स पनि उपलब्ध हुनेछ । उक्त अफरमा अन्तर्गत जेडटिई कम्पनिको राउटर र कारो टिभीको आईपीटीभी सेवा पाउने छन् ।

कम्पनीले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागि पनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्ने छन् । थप जानकारीका लागि 9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।