दूरसंचार
नेपाल टेलिकम र एनसेलले तिर्न थाले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता, १ अर्ब ५० करोड अझै बाँकी
मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता तिर्न थालेका छन् । नेपाल टेलिकमले ३५ करोड र एनसेलले ३६ करोड रूपैयाँ २१०० मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता बुझाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदिप पौड्यालले टेलिकम र एनसेलले २१०० मेगाहर्जवाफत फ्रिक्वेन्सी दस्तुर बुझाएको जानकारी दिए । अझै पनि दुई टेलिकम कम्पनीले करिब १ अर्ब ५० करोड रूपैयाँ बढी दस्तुर बुझाउन बाँकी रहेको उनको भनाइ छ । यद्यपी मूल्यांकन हुन भने बाँकी नै छ ।
३५ करोड बक्यौता बुझाएपछि टेलिकमले विदेशी मुद्रा सटही र उपकरण आयातको सुविधा पाइसकेको छ । तर एनसेलले ३६ करोड बक्यौता बुझाएपनि सुविधा पाएको छैन् । एनसेलले केही दिन अगाडि मात्रै बक्यौता बुझाएका कारण टेलिकमले विदेशी मुद्रा सटही र उपकरण आयातको सुविधाका लागि निर्णय हुन बाँकी रहेको पौड्यालले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०६४/६५ मा थ्रीजी सेवा सञ्चालनका लागि नेपाल टेलिकमलाई १५ वर्ष र एनसेललाई १४ वर्षका लागि २१०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको थियो । त्यसबेला फ्रिक्वेन्सीको मूल्य निर्धारण गरिएको थिएन ।
त्यस समय, प्राधिकरणले प्रति मेगाहर्ज वार्षिक १ करोड २० लाख रुपैयाँ दर तोकेको थियो । मेगाहर्ज पियर्ड (आउने र जाने) दरमा यो मूल्य २ करोड ४० लाख रुपैयाँ पुगेको थियो । नेपाल टेलिकम र एनसेल दुवैले १०-१० मेगाहर्ज पियर्ड फ्रिक्वेन्सी लिएका थिए, जसअनुसार उनीहरूले वार्षिक २४ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।
तर, आर्थिक वर्ष २०७७/७८ देखि फ्रिक्वेन्सी अक्सनमार्फत वितरण गर्ने नीति लिएसँगै २१०० मेगाहर्ज फ्रिक्वेन्सीको वार्षिक मूल्य ३० करोड रुपैयाँ तोकिएको थियो । यसपछि प्राधिकरणले नेपाल टेलिकम र एनसेलले वार्षिक ६ करोड रुपैयाँ कम तिरेको ठहर गर्दै बक्यौता तिर्न ताकेता गर्न थाल्यो ।
नयाँ नीति अनुसार नेपाल टेलिकमले थप ९० करोड र एनसेलले ८४ करोड रुपैयाँ तिर्नुपर्ने देखियो । तर पुरानो बक्यौता तिर्न अटेर गरेपछि प्राधिकरणले २०८० फागुनदेखि विभिन्न सुविधा रोक्का गरेको थियो ।
प्राधिकरणले बक्यौता तिर्न दबाब दिन थालेपछि नेपाल टेलिकम र एनसेलले अक्सनबाट तय गरिएको नयाँ दर पुरानो फ्रिक्वेन्सीमा पनि लागू गरिनु अन्यायपूर्ण भएको भन्दै अदालत पुगेका थिए ।एनसेलले २०७८ पुस २७ गते सर्वोच्च अदालतमा र नेपाल टेलिकमले २०८० माघ २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालत पाटनले कात्तिक २१ गते आंशिक आदेश जारी गर्दै, अक्सन अगाडि तोकिएको फ्रिक्वेन्सी दस्तुरमा थप शुल्क तथा जरिवाना लगाउन नपाइने फैसला गरेको थियो । टेलिकमले रिटमा भएको फैसलाको पूर्ण पाठ आउन बाँकी छ । पूर्ण पाठ आएपछि बाँकी रकम भुक्तानी गर्ने टेलिकमले जनाएको छ ।
यता एनसेलले दायर गरेको मुद्दामा भने कुनै फैसला भएको छैन् । टेलिकमले हालेको रिटमा भएको फैसलाकै आधारमा एनसेलले पनि बक्यौता भुक्तानी गरेको बुझिएको छ ।
दूरसंचार
राजस्वमा टेलिकम सेवा प्रदायकको योगदान निरन्तर घट्दै
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो। यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीम…
एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज
एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चा…
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, समयसापेक्ष कानुन नहुँदा मारमा
झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन्। अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबी…
बजारमा उपलब्ध भए नेपाल टेलिकमका रिचार्ज कार्डहरू
नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा उपलब्ध भएका छन् । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसके…
२५ वर्षका लागि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स, हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको लाइसेन्स नवीकरण गरेको छ ।
घट्यो नेपाल टेलिकमको आम्दानी र खुद नाफा, यस्तो छ कारण
नेपाल टेलिकमको आम्दानी र खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा गत वर्षको तुलनामा टेलिकमको आम्दानी र नाफा…
२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले पर्साको सी डाटा कम्युनिकेस…
विपद्को घडीमा एनसेलको साथ, ग्राहकलाई परिवार, आफन्तसँग सम्पर्कमा रहन निःशुल्क डेटा
एनसेलले असोज १२ गते शनिबार बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको …
२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?
नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको छ ।
नेपा…
एक महिनामै करिब ९१ हजारले घटे आईएसपीका ग्राहक
एक महिनामै करिब ९१ हजारले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटका ग्राहक घटेका छन् । २०८१ जेठको तुलनामा २०८१ असारमा इन्टरनेट सेवा प्रदायक…
वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने
चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरप…
एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता
निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर…
स्वीकृत गराएर मात्र इन्टरनेटको शुल्क लिन दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको महशुल स्वीकृत गराएर मात्र लागु गर्न निर्देशन दिएको छ ।
केही इन्टरनेट सेवा प्रदायकले स्वीकृत नगराइ आफु…
एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने
एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी च…