कीवर्डहरू -

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ । आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

आजियाटा ग्रुपका सीईओ विवेक सुदले नेपालमा चुनौती बढ्दै गएकाले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । 

‘नेपालको दृश्य चुनौतीपर्ण बढ्दै गएपछि आजियाटाको बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,’ उनले भने, ‘जस अनुसार एनसेललाई बिक्रीमा राखिएको छ । यो कदमले आजियाटालाई हाम्रा रणनीतिक प्राथमिकता पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने र हाम्रा सबै शेयरहोल्डरलाई दीर्घकालीन फाइदा हुने हामीलाई विश्वास छ ।’

नेपालको एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।