दूरसंचार
नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्री वाइफाई उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच फागुन ११ गते सहमति भएको छ ।
सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका हुन् ।
सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।
त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।
फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ ।
त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।
यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।
यसबाट यात्रु महानुभावहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।
दूरसंचार
६ महिनामा नेपाल टेलिकमको आम्दानी २१ अर्ब ३० करोड, खुद नाफामा गिरावट
नेपाल टेलिकमले चालु आर्थिक वर्षको पुस मसान्तसम्म खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार कमाएको छ । टेलिमकले आर्थिक वर्ष …
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी र लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुल्यो
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी–लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुलेको छ ।
दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्षको प्रश्नः ग्राहक बढ्दा आय किन घट्यो ?
नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकम सेवा प्रदायकको ग्राहक बढ्दै जाँदा आयमा कमी भएको प्रति प्रश्न …
सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवा थप सुधार
एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी …
ग्यालेक्सी एस २४ सिरिज प्रि-बुकिङमा आकर्षक उपहारसँगै एनसेलको स्पेशल लक्स नम्बर लिन पाइने
एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भए…
गण्डकी र लुम्बिनीमा फाइबर बिच्छ्याउन अग्राधिकारका लागि न्यायालयमा गएका छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरमा विस्तार कार्य अगाडि बढाउन न्यायालयमा अग्राधिकारका निम्ति अनुरोध गर…
डाटा सेन्टर, आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्दै नेपाल टेलिकम
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमले डाटा सेन्टर, संयुक्त लगानीमा आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना ग…
१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना, सबै बस्तीमा गुणस्तरीय सेवा दिने तयारी
नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना …
टेलिकमको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न, प्रति शेयर ४० रूपैयाँ नगद लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाडौमा सम्पन्न भएको स…
७४ जिल्लामा पुग्यो टेलिकमको अप्टिकल फाइबर
नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधवारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै ए…
एनआईटीभीले नेपाल टेलिकमलाई डिजिटल मार्केटिङ सेवा दिने
नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता सम्पन्न भएको छ ।…
टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई
लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) लागु नगर्न निर्देशन दिएको छ ।
एक वर्षमा सूचना प्रविधि क्षेत्रमा के-के भए काम ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानून निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच,…
रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…
आम सञ्चार र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि मन्त्रालयले माग्यो सुझाव, इमेलबाटै दिन सकिने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयक र नेपाल मिडिया काउन्सिल विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग…