कीवर्डहरू -

दूरसंचार

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने

काठमाडौं । बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ । बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा तत्काल विच्छेद नगर्ने जनाएको छ ।

नियमित रूपमा सेवा शुल्क तिर्न नसकेका वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट समेत तत्काल बन्द नगरिने कम्पनीले जनाएको हो । त्यसैगरी, नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप ५ दिन नि:शुल्क सेवा अवधि उपलब्ध गराइने वर्ल्डलिंकले जनाएको छ ।

कम्पनीको यो निर्णयबाट बाढीका कारण विस्थापित तथा प्रभावित ग्राहकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । बाढीका कारण त्रिशूली, गजुरी र गल्छी क्षेत्रमा सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा जनजीवनसमेत प्रभावित भएको छ ।

विपद्को समयमा सञ्चार तथा इन्टरनेट सेवा अत्यावश्यक हुने भएकाले ग्राहकलाई सेवा निरन्तर उपलब्ध गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ । वर्ल्डलिंकले ‘तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो’ भन्दै बाढी प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

दूरसंचार

रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा त…

स्पेस लिंकको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बालुवाटारस्थित स्पेस लिंक प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र स्व…

एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर…

टेलिकमको नाफामा उल्लेख्य वृद्धि, तीन महिनामै ४ अर्ब माथि

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद मुनाफा उल्ले…

क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो MIS प्रतिवेदन अनुसार, गत एक वर्षमा क्लासिक टेक प्रा.लि.ले देशभ…

गुजुल्टिएका र प्रयोगविहीन तार हटाउने अभियानमा प्रगति, अझै बाँकी छन् यी काम

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख सडक तथा शहरी क्षेत्रमा पोलमा अव्यवस्थित रूपमा गुजुल्टिएका, चुँडिएका र प्र…

बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रतिबन्धित अनलाइन प्लेटफर्ममाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइ…

नेपाल टेलिकमको नयाँ सुविधा: पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवर…

प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति एनसेलको आपत्ति, भन्यो- ‘गोपनीयताको गम्भीर उल्लङ्घन’

काठमाडौं । एनसेलले सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ …

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : बैंकका अध्यक्षदेखि प्राधिकरणका पूर्वअध्यक्षसम्म २२ जनाविरुद्ध मुद्दा

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरी एनसेललाई बिक्री गरेको प्रकरणले नयाँ कानुनी मोड लिएको छ । जिल्…

नेपालमा ५जीको बाटो खुल्दै, दूरसञ्चार प्राधिकरणले माग्यो १५ दिनभित्र सुझाव

काठमाडौं । नेपालमा मोबाइल दूरसञ्चार सेवालाई थप गुणस्तरीय र आधुनिक बनाउँदै ५जी प्रविधितर्फ अगाडि बढ्न नेपाल …

विद्युत् व्यापार विभाग पूर्णत: डिजिटल बन्दै, डीएमएस र अनलाइन बिलिङ प्रणाली सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापार विभागका सेवालाई थप आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने…

नेपाल टेलिकमको विशेष सहुलियत : पुरानो बक्यौता तिर्दा जरिवाना छुट, अटेर गरे कानुनी कारबाही

काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि बक्यौता महशुल नतिरेका ग्राहकलाई राहत दिने उद्देश्यले विशेष योजना सा…

स्मार्ट टेलिकम प्रकरणमा पूर्व दूरसञ्चार प्राधिकरण अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डार…

शेयर कारोबार रोक्ने सरकारी निर्णय पुनर्विचार गर्न एनसेलको आग्रह, विदेशी लगानीमै असर पर्ने दाबी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो शेयर खरिद बिक्री प्रक्रियालाई सरकारी मान्यता नदिने निर्णय, अनु…