कीवर्डहरू -

दूरसंचार

एनसेल एपबाट नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाइने

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो ।

समझदारीका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नविकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न रु १०० र मेरोसेयरमा दर्ता हुनका लागि रु ५० लाग्ने गरेको छ । यसरी कुल रु १५० को काम ५५ प्रतिशत छुटले गर्दा रु ६७.५० मा नै गर्न सकिन्छ ।

एनसेल एपको माध्यमबाट ग्राहकहरुले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नविकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरु भए राख्न सक्नेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैं सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान संचालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरु उत्साहीत रहेको बताए ।

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरि सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने आशा गरिएको छ । 

“नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नविकरणमा” भन्ने नाराका साथ शुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाईन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरु पनि छन । यस सहकार्यमा एनसेलले आफ्नो एप मार्फत नासा सेक्युरिटिजमा पहुँचमात्र सुनिश्चित गरेको हो ।

यस सम्बन्धी विस्तृत जानकारीका लागि नासा सेक्युरिटिजको सम्पर्क अधिकृत रुचित मान शाक्यलाई फोन नं. ०१५९७००८४ एक्सटेन्सन २०४२ वा मोबाइल नं. ९८०१८८०३४६ मा सम्पर्क गर्न सक्नेछन् ।
 

दूरसंचार

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा ५२ लाख राजस्व गुम्यो

 नेपाल टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा करिब ५२ लाख ६७ हजार रूपैयाँ राजस्व गुमेक…

पाटन र सैंबुमा टेलिकमको कपर प्रविधिलाई एफटीटीएच नेटवर्कमा स्तरोन्नति

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंबुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आध…

कोशी प्रदेशमा पोल प्रयोग गर्ने केबल र इन्टरनेट सेवा प्रदायकलाई भाडा तिर्न टेलिकमको अनुरोध

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय विराटनगरले केबल टिभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायकलाई पोल भाडा तिर्न अनुरोध गरेको छ …

मुगु जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच

मुगु जिल्लामा नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवा सुरू भएको छ । 

दे…

दूरसञ्चार तथा सूचना प्रविधिको विकासका लागि कानुन सुधार आवश्यक रहेको विज्ञहरूको सुझाव

कानुनका विज्ञहरुले दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित विभिन्न कानुनहरुमा सुधार ल्याउन पर्ने वा आवश्यक नय…

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डेटा प्रविधि

नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ ।…

टेलिकमको कुल आम्दानी र सञ्चालन आय घट्यो, खुद मुनाफा बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार आम्दानी गरेको छ ।&…

वर्ल्डलिंकले सरकारविरूद्ध हालेका सबै रिट खारेज, राज्यलाई करिब २ अर्ब बुझाउनुपर्ने

सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदिएको छ । हरिप्रसाद फुयाँल र डा. नहकुल सुबेद…

नेपाल टेलिकमले प्राप्त गर्‍यो मोबाइल सेवाको नयाँ लाइसेन्स

नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ लाइसेन्स प्राप्त गरेको छ ।

शुक्रबार बसेको नेपाल दूरस…

नयाँ एनसेल सेन्टर वीरगञ्जमा

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान ग…

आईस्पानले भन्योः सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट उ‌द्योग धराशायी हुने अवस्था आयो

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल …

निर्वाध इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकलाई नियामकको निर्देशन, कारवाहीको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले आम उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । …

नवीकरण दस्तुर एकमुष्ट २० अर्ब बुझाउने निर्णयप्रति टेलिकमका कर्मचारीहरूको ध्यानाकर्षण

नेपाल टेलिकमका कर्मचारीहरूले नविकरण दस्तुर वापत एकमुष्ट २० अर्ब बुझाउने सञ्चालक समितिको निर्णयमा टेलिकमका कर्मचारीहरूको गम्भीर …

नेपालमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आईस्पानको चेतावनी

इन्टरनेटहरू सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट सेवा जुनसुकै अवरूद्ध हुन सक्ने बताएका छन् । बिहीबार इन्टरनेटहरू सेवा प्रदायकहरूक…

नौं लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।…